भक्तपुरका सामुदायिक विद्यालय अनलाइनबाटै परीक्षा गर्दै


असोज ३, २०७७, शनिबार | विहान ०४:५६ बजे | 25


काठमाडौं देशभरका सामुदायिक विद्यालयमा पठनपाठनको चुनौतीदेखि एकाबेला भक्तपुरका केही सामुदायिक विद्यालयले भने पहिलो त्रैमासिक परीक्षा सञ्चालन गरेका छन् ।


सामुहिक परीक्षा समिति र संयुक्त परीक्षा समितिमा रहेका भक्तपुरका सामुदायिक विद्यालयले अनलाइनबाटै पहिलो त्रैमासिक परीक्षा सञ्चालन गरेकाछन । केही विद्यालय भने परीक्षाकाे तयारीमा रहेको सामुहिक परीक्षा समितिका कोषाध्यक्ष गंगाधर हाडाले शिक्षापत्रलाई जानकारी दिए । समितिमा १२ वटामा वि सहित ३३वटा सामुदायिक विद्यालय छन्। 

त्यस्तै, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्बिका न्याइच्याइँकाअनुसार समिति अन्तर्गतका १६ वटैमा विलाई असोज २१ गतेबाट पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।

सबै विद्यालयल समान रुपमा कोर्स अघि बढाउन नसकेका कारण यसवर्ष विद्यालय आफैँले प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालन गर्ने उनले बताइन ।यस अघि परीक्षाको प्रश्न पत्र समितिले नै तयार गर्ने गरेको थियो ।डेढ दशक अघि जिल्लाका सबै सामुदायिक विद्यालय सामुहिक परीक्षा समितिमा रहेपनि विद्यालयको जिम्मा स्थानीय तहले पाएपछि केही विद्यालय समितिबाट छुट्टिएको कोषाध्यक्ष हाडा बताउँछन् । अहिले भक्तपुरमा एकसय ३० वटा सामुदायिक विद्यालय छन्।

अनलाइनबाटै पहिलो त्रैमासिक परीक्षा गर्दै मेधा माध्यमिक विद्यालय कोभिड १९को जोखिमका कारण विद्यालय बन्द र भर्चुअल पठनपाठन पनि प्रभावित भइरहेका बेला भक्तपुर नगरपालिका ३को मेधा माध्यमिक विद्यालय भने अनलाइनबाट परीक्षा चलाइरहेको छ । ६ देखि १० कक्षा सम्मको पहिलो त्रैमासिक परीक्षा अनलाइनबाट सञ्चालन भइरहेको विद्यालयका प्रध्यानाध्यापक गंगाधर हाडाले शिक्षापत्रलाई जानकारी दिए । अनलाइनबाट सबै विद्यार्थीलाई समेट्न नसकिए पनि सकेजतिलाई समेटेर परीक्षा सञ्चालन गरेको र बाँकीलाई समेट्ने विषयमा छलफल भइरहेको उनले बताए ।

१०कक्षाका ७०जनामध्ये ६५जना विद्यार्थीले परीक्षा र अनलाइन कक्षामा सहभागी भइरहेका छन्।९ कक्षाका एकसय जनाविद्यार्थी मध्ये९७ जनाविद्यार्थी अनलाइनपरीक्षामा सहभागी छन्। यस्तै, ८ कक्षाका ७५ मध्ये ६१,   ७का ६०मध्ये ४२ र ६ कक्षाका ६०मध्ये ३६ जनाविद्यार्थीले अनलाइन परीक्षा दिइरहेकाे उनले जानकारी दिए ।दैनिक ६ वटा कक्षा सञ्चालन भएका कारण यसपटक ६वटा विषयको मात्र परीक्षा भएको पनि उनले बताए।

परीक्षाका लागि विद्यार्थीलाई एकघण्टाको समय दिइएकाे र उत्तर पुस्तिकाको फोटो खिचेर अपलोड गर्ने १५ मिनेट समय दिने गरिएको छ ।आगामी सोमबारदेखि ३, ४ र ५कक्षाको परीक्षा सञ्चालन गर्ने तयारी छ ।यस्तै, बाँकी विषयको पनि पढाइ सुरु गरी परीक्षा लिने विद्यालयको तयारी छ । तर, तल्लो कक्षाका विद्यार्थीलाई समेट्न भने समस्या भएको उनको भनाइछ । अझ तीन कक्षा भन्दा तलका विद्यार्थी अनलाइन कक्षामा थोरैमात्र सहभागी भएकाले उनीहरुको अनलाइन परीक्षा नलिने निर्णय गरिएको छ ।

भर्चुअल कक्षा र अनलाइन परीक्षामा सहभागी हुनन सकेका तर जिल्ला भित्रै रहेका विद्यार्थीलाइ रेकर्ड गरिएको  सिकाइ सामग्री र गृहकार्य दिने गरिएको छ । जिल्ला बाहिररहेका विद्यार्थीलाइ रेडियाे टेलिभिजनका शैक्षिक कार्यक्रम सुन्न र हेर्न आग्रह गरिएको छ । गतवर्ष सात सय विद्यार्थी भर्ना भएको विद्यालयका करिब १० प्रतिशत विद्यार्थी जिल्ला बाहिर रहेको प्रधानाध्यापक हाडाले बताए । 

यस्तै, वागेश्वरी मावि पनि पहिलाे त्रैमासिक परीक्षाको तयारीमा जुटेको प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले बताए ।अहिले त्रैमासिक परीक्षा भन्दा अघि गरिन मिडटर्म परीक्षा सञ्चालन भइरहेको छ । मिडटर्ममा १० कक्षाका २ सय ९७ मध्ये २सय ४६ र ९ कक्षाका करिब ३सय मध्ये २सय ६जना विद्यार्थी परीक्षामा सहभागी छन्। कक्षा६,  ७ र ८कक्षाका विद्यार्थीको परीक्षा असोज४ गते र कक्षा १ देखि ५ सम्मका विद्यार्थीको परीक्षा ६ गतेदेखि गर्ने तयारी भइरहेकोउनले बताए । आगामी असोज २१ गतेबाट पहिलो त्रैमासिक परीक्षाको हुने भएकाले त्यसको तयारीमा विद्यालय जुटेको छ । 

गत जेठ १३ गतेबाट भर्चुअल कक्षा मार्फत पठनपाठन अघि बढाइएको र अनलाइनबाट समेट्न नसकिएका विद्यार्थीलाई रेडियोटेलिभिजन कार्यक्रम मार्फत समेटिने उनको भनाइ छ। त्यसरी पनि नसमेटिएका विद्यार्थीलाइ विद्यालयमै बोलाएर भौतिक दुरी कायम गरी सहजीकरण गर्ने विषयमा छलफल भइरहेको छ । विद्यालयका करिब ५५ प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षामा समेटिएको छ। यो क्रम अहिले पनि बढिरहेको छ।

तल्ला कक्षाका विद्यार्थीलाई समेट्न कठीन प्राथमिक तह भन्दा माथिल्लो कक्षाका विद्यार्थीलाइ भर्चुअल कक्षामा सहभागी गराउन खास समस्या नभए पनि त्यो भन्दा तल्लो कक्षा विद्यार्थीलाई समेट्न समस्या हुने प्रधानाध्यापकहरुले बताएका छन्। तल्लो कक्षामा साना उमेरका विद्यार्थी हुने भएकाले पनि समस्या हुने गरेकाे विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । त्यस्तै अभिभावकसँग दुईवटा मोवाइल वाल्यापटन हुनु र विद्यालय उमेरका विद्यार्थी दुईवा त्यो भन्दा धेरै हुनुले पनि समस्या भइरहेको मेधा माविका प्रध्यानाध्यापक हाडाले बताए । यसका साथै अभिभावकले माथिल्लो कक्षाका बच्चालाई प्रथामिकता दिँदा तल्लो कक्षाका विद्यार्थीको कक्षा छुट्न गरेको छ ।


Comments