राज्यले नचिनेका डा. धर्मराज उपाध्यायको १०९ विश्व रेकर्ड, विश्वको दशौं स्थानमा


2022-06-13 15:20:33

News Image

काठमाडौं । सिफलको उकालो सकेपछि देब्रेपट्टी एउटा रातो घर देखिन्छ, रातो घरको गेटबाट भित्र छिरेपछि एकतल्ला उक्लीदैगर्दा भ¥याङ्गबाटै सुरुहुन्छ प्रमाणपत्र देखिन, मानिसहरुलाई अचम्म लाग्नसक्छ होला, लस्करै मिलाएर सानोे लहर, ठुलोे लहर, रंगीविरंगीका प्रमाणपत्र भित्ताभरी झुण्डीरहेको देख्दा, प्रश्न पनि उठ्न सक्छ कतै म प्रमाणपत्रको दोकानमा त आइपुगिन ?
ढोकाबाट भित्र छिरेपछि प्रमाणपत्रको कारोबार गर्ने अफिस जस्तो देखिन्छ, तर होइन । भित्ताको चारैतिर चिटिक्क मिलाएर झुण्डाइएका मनमोहक प्रमाणपत्रहरु, तपाईलाइ लाग्नसक्छ यो विक्रीका लागी राखिएका होला तर होइन । डाक्टर डि.आर उपाध्यायको छुट्टै अफिस टेबुल सहितको कुर्सी, एकापट्टी छेउमा लामो अफिस टेबुल, टेबुलको विच भागमा लस्करै मिनिरल वाटरका बोतलहर संगै टिस्यु पेपर, दायाँवायाँ पाहुनाका लागी छुट्टाछुट्टै कुर्सीहरु, कुर्सीकै पछाडी एउटा रेफ्रीरेजेटर, एकापट्टी  छेउमा पाहुनाकै लागी सोफाहरु, तपाईलाई अनुमान लगाउन गा¥हो प¥यो होला । यो डाक्टर डि.आर उपाध्यायले विश्वमा कसैले नगरेका काम गरेर पाएका  विश्व किर्तिमानी रेकर्डहरुको (प्रमाणपत्र) दर्विलो प्रमाण हुन् । र यो उनको  निजी घर हो ।
सानै देखि अली चञ्चल स्वभावका उनी सालिन र भद्र थिए । उनी वीरगंजमा पिता शिवशंकरप्रसाद उपाध्याय र माता उमादेवी खनालका कान्छा सुपुत्रको रूपमा सन १९६२ मा जन्मिए । उपाध्यायको वास्तविक नाम धर्मराज उपाध्याय हो । बाल्यकाल आफ्ना मातापितासँगै रहेर वीरगंजमै बिताए । २० वर्षको कलिलै उमेरमा बुबा गुमाएपछि आमाको सहारामा मात्र हुर्केका उनी थुप्रै अभाबमा बाँचे । १४ वटा भैसीका मालिक उनका परिवार घरव्यबहारका थुप्रै काम गर्नुपथ्र्यो । सानै देखी व्यापारीक परिवेसमा हुर्केका उनि घरबाट पकेट खर्च नदिएको बेला दुधमा पानी समेत मिसाएर बेच्न भ्याउँथे ।
८ कक्षा पढ्दैगर्दा एकजना महिलाले असाध्यै मनपराउने उनलाई पछिल्लो बेन्च बाट केराउले हानिरहने अहिलेपनि सम्झिन्छन् । पछि पो उनलाई थाहाभएछ यो त मायाँ पो रहेछ । महिलाको एकोहारो प्रेम टिक्नसकेन उपाध्याय भन्छन पैसा राम्रै कमाउथें त्यसैले मनपराए तर मेरो मायाँमा रमाउने उमेर थिएन । उनले गाउँकै त्रि–जुद्ध व्यावसायिक माविबाट २०३५ सालमा एसएलसी तह उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि काठमाडौं हानिए ।
अब्बल बिद्यार्थीका कारण सरकारबाट २ सय रुपैया छात्रवृत्ति पाएका उनी काठमाण्डौंको यट्खा टोलमा बस्थे । १ सय रुपैया कोठाभाडा तिरेर १ सयको दाल चामल खान पु¥याउथे । ५० पैसाको चिया र ३० पैसाको केकले दिनभरी जिवन चलाएका उनी कहिलेकाहिँ १ रुपैयाँ जोगाएर कृष्ण पाउरोटीको दुनोट पनि खान्थे । २० पैसाको साझा बस नचढी उनी हिँडेरै शहर घुम्थे ।
पढाईकै सिलसिलामा व्यापार पनि गरे । भारत बाट कान्ता साबुन, लुगा धुने डल्लो सावुन, मिश्री ल्याएर बेचे । त्यतिले मात्र पुगेन कलकत्ता पुगेर पुराना कपडा किनेर धुलाएर हङ्गकङ्गको ट्याग लगाएर पनि बेचे जिन्दगी केहि हात नलागेपछि घरजग्गा कारोवारतिर लागे ।
पछिल्लो पटक पढाई छोडिसकेका उनले यो स्थान सम्मको यात्रा तय गर्ने सोच पनि नभएको बताउँछन तर जिन्दगीमा यस्तो मोड आयो जुन मोडले जिन्दगी बदलियो
जिन्दगी यात्रा हो यो निरन्तर चलिरहन्छ तर जसरीहुन्छ खुसियालिका साथ बिताउनुपर्छ उपाध्याय भन्छन् ।
महिलाका वारेमा लेख्न रुचाउने उनि प्राय महिला सम्वन्धीनै खोज अनुसन्धान गर्ने गरेका छन । उनले ‘वेश्यावृत्ति समस्या एवं समाधान’ विषयमा बिएन एण्ड एमयु युनिभर्सिटीबाट विद्यावारिधि गरे भने सम्बन्ध र पारिवारिक कलह (रिलेसन एन्ड फ्यामिली क्रयास) विषयमा पनि स्वामी विवेकानन्द विश्वविद्यालय भारतबाट विद्यावारिधि सकिन लागेको बताए । विद्यावारिधिकै क्रममा विश्वका धेरै वेश्यालयहरु घुमेर यौनकर्मी महिलाहरुसंग साक्षात्कार गरेका छन् कलकत्ताको सोनागाछी वेश्यालय, बम्बैको एल्लोकोठी, सिङ्गापुर सहरको वेश्यालय, वासिङ्गटनडिसीको वासिङ्गभर्जिनियाँ वेश्यालय, लगाएतका वेश्यालय घुमेका उनी  सोनागाछी भन्दा ठुलो वेश्यालय कतै नदेखेको बताउछन्  ।
नेपालको सन्दर्भमा बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएकोले एउटा वेश्यालय खोल्नुपर्ने सुझाब दिन्छन् र बलात्कारीलाई नपुंसकको इन्जेक्सन वा फाँसी दिनुपर्ने बताउँछन ।
सानैदेखि गीत संगीत र कविता लेखनमा रुचि राखेका उनले कविता तथा गीतहरू लेखेर परिवारका सदस्य र साथीसंगीलाई देखाउने सुनाउने गर्थे । सबै साथीहरु र आफन्तबाट प्रसंशा र हौसला पाएपछि  उनि फुरुङ्ग हुन्थे । उनको मनमा अझ उत्साह भरिन्थ्यो । चर्चा पाउने चाहना सबैको हुन्छ उनी भन्छन्  रुचि, खुबी र लगनशीलताबाट यि सिँढीहरूमा धकेल्यो । उक्लिन सकिन्छ सकिन्न त्यो पछिको कुरा हो तर प्रयास निरन्तर रहिरहन्छ ।
१७ वर्षको उमेरदेखि सुरु भएकोे उनकोे लेखनीले चार दशक पार गरिसकेको छ । निरन्तर लेखिरहेका उनको १२ वटा उपन्यास प्रकाशित छन ‘सपनाकी रानी’ २०७६ भदौमा र ‘कफी लभ’ २०७७ सालमा प्रकाशित उनका पछिल्ला उपन्यासहरू हुन ।
२०७६ सालमा अपवित्र छायाँ, अतिरिक्त, भाग्यचक्र, दगाबाज, त्यागी, बिटुली, बज्राघात र स्वार्र्थी गरी आठवटा उपन्यासको एउटै संग्रह प्रकाशित प्रकाशित छन् ।  शायद यो उपन्यास संग्रह नेपाली साहित्यमा एउटा नविन प्रयोग हुनसक्छ । ६६५ पृष्ठको यस संग्रहको आयतन जति ठूलो छ यसले उपाध्यायको उचाइ पनि त्यति नै उच्च बनाएको छ । यसपछि पनि उनको ‘अधुरो प्रेम’ शीर्षकको उपन्यास प्रकाशित भएका छन् ।
उनि संगीतका त्रिबेणी पनी हुन गीतकार, संगीतकार र गायक, उनका एल्बमहरूमा प्रणय, सहेली, नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, जोहो, माउण्टेल मेलोडी कृति, परिष्कृत, पृथक, सेभेन्थ कर्डस, स्वर्ग घर, अनुभूतिको मझेरी, अञ्जान तिर्खा र प्रताडना प्रमुख हुन । नेपाली साहित्यमा एक दुईवटा पुस्तक प्रकाशित गरेर वा दुई–चारवटा गीत लेखेर निकै ठूलो स्वरमा हल्ला गर्नेहरूको जमात ठूलै छ तर उनमा यस प्रकारको चरित्र पाइँदैन । आफ्नो कर्ममा अनवरत रूपमा लागिरहेका उनमा अहमताभने पटकै छैन ।
व्यवसायीको पहिचानसमेत बनाएका उपाध्यायले जगदम्बा इन्टरनेसनल प्रालिको संस्थापक प्रबन्ध निर्देशक, पशुपति क्षेत्र विकास कोषको पूर्वसञ्चालक, व्यापार प्रबद्र्धन केन्द्रको पूर्वसञ्चालक, पूरा समाचार डट कमको प्रधानसम्पादक समेत हुन । आजिवन सदस्य मानवअधिकार तथा शान्तिसमाज नेपाल, आजिवन सदस्य गीतकार संघ नेपाल, आजिवन सदस्य व्यवस्थापन संघ नेपाल लगायतमा संलग्नता छन ।
भौतिक सम्पती नासवान ठान्ने उनि बौदिक सम्पतीलाई मात्र सम्पती मान्छन । भौतिक सम्पती जती संकलन र संरक्षण गरे पनी त्यो निरर्थक हुन्छ त्यसैले बौद्धिक सम्पत्ति नै सबैभन्दा उत्तम सम्पत्ति भएकाले आपूm यसतर्फ आकर्षित भएको बताउछन् ।
आख्यान विधाभन्दा गीत सहजलाग्ने उनी एक्लै बस्दापनि गुन्गुनाइरहने गर्छन्  तर फुरेको बेला मज्जाले लेख्ने गर्छन् । गीत छिटोछरितो मिठो लेखनी हो तर त्यसको प्रभाव चाहिं चोटिलो हुन्छ । सहज भाव संप्रेषण गर्न गीतबाटै सहज त हुन्छ तर उपन्यास लेखनी पनि उनकोे रुचिभित्र पर्ने बिषय हुन । विश्वकीर्तिमानको सोच खासै नआएका उनमा निरन्तर लेखनी कायम रहेकै वेला उनको सातवटा एल्बममा ३६ वटा गीत एकै पटक रेकर्ड भएछ । यो विषय पत्रपत्रिकातिर हल्ला भयो यो सुनेर गिनिजबुक अफ वल्ड रेकर्ड बाट उनलाई सम्पर्क गरे । यसपछि उनको यो  प्रमाणपत्रको यात्रा सुरु भयो । घरभरी जतिपनी प्रमाणपत्र झुन्डिएका छन् तिनको श्रय नाम नबताउने सर्तमा गिनिजबुक अफ वल्ड रेकर्डका एक श्रेष्ठ थरलाई जाने बताउछन् ।
हालसम्म उनले १०९ वटा कीर्तिमानी कायम गरीसकेका छन्। । सबैभन्दा सानो गीतको पुस्तक २×२ इन्चको गीतिसंग्रह ‘अनुभूतिको मझेरी’ र व्यञ्जन वर्णका ३४ अक्षरबाट तयार गरिएको गीति कविता ’प्रेयसी’ उनलाई नै मनपर्ने मध्यका पुस्तक हुन ।
लेखनलाई नै निरन्तरता दिइरहेका उनी  समसामयिक बिषयमा लेख हरुपनि लेख्छन् र दैनिक पत्रपत्रिकातिर प्रकाशित गराउछन् ।
उनि तराईका स्थानीय भएको नाताले तराईका सबैजसो र पहाडका आधाआधी जिल्ला घुमीसकेका छन् । भारतका धेरै ठाउँ घुमीसकेका उनले बिश्वका विभिन्न देशहरु घुमीसकेका छन् । उनि अहिले नयाँ नयाँ अनेक प्रकारका कीर्तिमानी लागी अनुसन्धान गरिरहेका छन् ।
उनले आफ्नो उपन्यास, गीत, गजल लगाएतका साहित्यिक रचनाबाट पनि गिनिज बुक अर्फ वल्र्ड रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, लण्डन युकेलगायत विभिन्न देशबाट वल्र्ड रेकडको प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने रेकर्डकै शिलसिलामा  एभरेष्ट वल्र्ड रेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकड, जिनस वल्र्ड रेकडजस्ता  अनेकौ रेकर्डहरुको प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन यो सबै ४ वर्षको अवधिमा पाएका सफलता हुन् ।
त्यस्तै उनले सात गीती एल्वमका ३६ वटा गीत एकैपटक सार्वजनिक गरेका, नारी एवं पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र अर्को शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम कामबारे बनाइएको गीत, सांकेतिक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, हालसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरीका रूख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, संसारका सबैभन्दा सानो आकारको गीति पुस्तक २ बाई २ इन्च, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको जस्ता विषयबाट उपाध्यायले वल्र्ड रेकर्ड राख्न सफल भएका विषयहरु हुन । उपाध्यायले १५० भन्दा बढी देशको पर्यटनस्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चारवटा गीत लेखी रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरूको नाममा गीत–संगीत तयार गरेर, ‘क’ देखि ‘ज्ञ’ सम्मका प्रत्येक वर्णको गीत लेखी कीर्तिमान रचेका छन् । यस्तै, ५५ वटा फरक–फरक फूलको नाममा गीत लेखी रेकर्ड गराएर, सबैभन्दा धेरै पटक ‘आमा’ तथा धेरै पटक ‘बुबा’ शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गीत रेकर्ड गराएर साथै आफ्ना गीतहरू चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकारात्मक सोचका फाइदासम्बन्धी गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकैपटक गीत रेकर्ड गराएर उपाध्यायले विश्व रेकर्ड राखेकाछन् भने उनी विश्वको १०औ स्थानका प्रमाणपत्रधारी हुन र यिनलाई राज्यले बुझ्नेहो भने उनका जतीपनि उपाधि छन राज्यले संरक्षण गर्न आवश्यक छ र गर्नुपर्छ उनले आफ्नो मात्र नभएर राज्यकै नाम उँचो बनाएको छ ।
राधेश्याम लेकाली साहित्यकार तथा साहित्यिक पत्रकार संघ अध्यक्ष–राज्यले आफ्नो आसेपासेलाई मात्र च्यापेर पदक दिने ब्यबस्था हट्नु पर्छ । जतिपनी देशको लागी मरिमेटेका छन तिनिहरुलाई राज्यले चिन्न सकेका छैनन् । देश मात्र हैन अन्तराष्ट्रिय छवि बनाइसकेका धर्मराज जस्ता ब्यक्तित्व राज्यले नचिन्नु दुर्भाग्य हो । धर्मराज जस्ता कयौ मानिसहरु राज्यको आँखामा परेको छैन यस्ता ब्यक्तित्वहरुको कदर राज्यबाट हुन जरुर छ र यस्ता ब्यक्तित्वहरुले पाएका सम्मान उनको परिवारले भन्दा राज्यले  संरक्षण गर्न आवश्यक देखिन्छ ।
नरेश भट्टराई संचारकर्मी तथा गीतकार– डा.डि.आर उपाध्याय आफैमा एक अलौकिक प्रतिभा हुन उनको खोज तथा अनुसन्धान सुष्म तर बृहत छन । नयाँ नयाँ कुराको खोजीगर्न सक्ने यस्ता प्रतिभा जो राज्यलाई चिनाउन हरपल तल्लिन  मात्र हैन दिलोज्यान लगाएर लागीपरेका छन् । यस्ता विलक्षण प्रतिभा भएका मानिस विरलै पाईन्छन तर राज्यले यस्ता प्रतिभालाई संरक्षण गर्न जरुर छ । नेपाली गीत संगीत, साहित्यमा नौलो प्रयोग गरीे १०९ वटा विश्व रेकर्ड राख्न सफल भएकाछन सायद नेपालको सन्दर्भमा कसैका छैनन् र राज्यले मुल्यांकन गर्न सक्दैनन् जो राज्यको पदक भन्दा माथी छन् ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *