नगरकोट छोडेर गए पूर्वराजा ज्ञानेन्द्र


बैशाख २६, २०८२, शुक्रबार | दिउँसो ०२:३० बजे | 5


नगरकोट छोडेर गए पूर्वराजा ज्ञानेन्द्र

भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र नगरकोट बसाई छोडेर शुक्रबार काठमाडौ गएका छन् । दुई हप्ता वढी नगरकोट बसेका उनी साँंझ फर्केका हुन् । नगरकोटमा वस्दा उनले फरकफरक राजावादी नेताहरुलाई भेट दिएका थिए । उनी परिवारसहित नगरकोट बसेका थिए । 
नगरकोट भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ६ मा पर्दछ । पछिल्लो स्थानीय निकायको निर्वाचनमा यस वडामा राष्टिय प्रजातन्त्र पार्टीकातर्फबाट धनबहादुर लामा वडा अध्यक्षमा विजयी भएका थिए । यसअघि भने यो वडामा एमालले वडा अध्यक्ष विजयी भएको थियो । नगरकोट तामांगहरुको बाहुल्यता भएको ठाउँं हो । 

Comments