कक्षा १२ को परीक्षा वैकल्पिक स्वरुपका सम्बन्धमा छलफल


भदौ ४, २०७७, बिहीबार | विहान १०:१२ बजे | 35


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा कक्षा १२ को परीक्षा वैकल्पिक स्वरुपका सम्बन्धमा विद्यार्थी सङ्गठन, प्याब्सन, एनप्याब्सन, अभिभावक संघलगायतसँग एक छलफल कार्यक्रम विहिबार सम्पन्नभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले कक्षा १२ का परीक्षालाई कक्षा ११, त्रैमासिक परीक्षाहरु, ओपन बुक परीक्षा, एसाइन्मेन्ट, अनलाइन परीक्षा आदिलाई आधार बनाएर परीक्षा सञ्चालन गर्नुपर्ने बताउदै नतिजा निकाल्दा बेथिति हटाउनु पर्ने र गलत मूल्याङ्कनको छानविन गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्र्थीको पठनपाठन र परीक्षाहरुको लागि डाटा प्याकेज निःशुल्क उपलब्ध गराउनुपर्ने औंल्याउँदै शिक्षामा बजेट घटाउनु लाजमर्दाे भएको बताउनु भयो ।
अध्यक्ष ख्याजूले नेपालमा कोरोना आउनुभन्दा अगाडि कोरोना फैलिएका युरोपियन देशहरुमा कार्यरत नेपालका राजदुतहरुले उचित सुझाव पहिले नै दिएको भए नेपालमा समयमै सम्पूर्ण परीक्षाहरु सञ्चालन गर्न सकिने बताउँदै नेपालको कुटनैतिक निकाय असफल भएको उदाहरण बनेको बताउनुभयो ।
नेपाल भारत खुल्ला सिमाका कारण नेपालमा कोरोना संक्रमित बढे, सिमा बन्द गर्नुपर्दछ, उहाँले बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनको अहिलेसम्मको तयारीबारे बताउनुभयो ।
बोर्डका कृष्ण प्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याब्सनका टिकाराम पुरी, एनप्याब्सनका रितुराज सापकोटा, शिक्षक महासंघका बाबुराम थापा, अभिभावक महासंघका धर्म देवकोटा, नेविसंघका युवराज पाण्डे, अखिल क्रान्तिकारीका हरि गजुरेललगायत पनि परीक्षा सञ्चालन विधिबारे आ–आफ्नो धारण राख्नुभएको थियो ।

Comments