प्रहरीकै मिलेमत्तोमा यौन धन्दा
जेठ १२, २०७९, बिहीबार | विहान ०९:०९ बजे | 5
काठमाडौं । नेपालमा यौन धन्दालाई अबैध मानिने भएपनि प्रहरी र पहुँचवाला निकाय मिलेर नै यौन धन्दालाई बैधानिकता दिँदै आएको पाइने गरेको छ । विभिन्न समयमा विभिन्न प्रशासनिक निकायका र प्रहरीकै मिलेमत्तोमा पनि यौन धन्दा हुँदै आएको हामीले सुन्ने गरेका छौं । यस्तै धन्धा काठमाडौंमा पनि खुलेयाम रुपमा प्रहरीको मिलेमत्तोमा नै हुँदै आएको खुल्न आएको छ । प्रहरी र एलवडीको मिलेमत्तोमा एलवडीमा खुलेयाम यौन धन्दा हुने गरेको खुल्न आएको हो । ठूला लगानी कर्ताले संचालन गरेको एलवडीमा गएर यौन धन्दा गर्दा धन्दा गर्ने पनि सुरक्षित तथा जाने पनि सुरक्षित हुने भएकाले यस्ता ठूला क्लवहरुमा यौन धन्दाले प्रसय पाएको जानकारहरु बताउँछन् । एलवडीमा छानी छानी केटीहरु पाइन्छन सुरक्षित पनि छ कसैको डर पनि भएन त्यसैले एलवडीमा जानु सुरक्षित पनि भएको एक ग्राहकले बताए । नाम उल्ललेन गर्न नपाईने सर्तमा उनी भन्छन् । एलवडीमा यौन धन्दा हुन्छ भनेर प्रहरी लगाएत अन्य निकायलाई पनि थाह छ । महिनौ लाखौैको बार्गेनिङ र सेटिङमा उक्त स्थानमा यौन धन्दा हुने गरेको उनले बताए । उनका अनुसार नयाँ ग्राहकको लागि अली झन्झटीलो भएपनि नियमित ग्राहककालागि स्वर्ग हो एलवडी जहाँ सुर सुन्दरी दुवै पाइन्छ त्यो पनि छानी छानी । उनले बताए ।