पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिविरुद्ध देशभर मशाल जुलुश हुने


जेठ ११, २०७९, बुधबार | विहान ०९:५८ बजे | 5


पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिविरुद्ध देशभर मशाल जुलुश हुने

विनिता थापा
भक्तपुर । पेट्रोलियम पदार्थ, खाधान्नलगायतका दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्विविरूद्व बुधबार भक्तपुरमा वृहत् मशाल जुलुश हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु संयुक्त आयोजनामा साँझ ६ बजे बृहत् मशाला जुलुस हुने भएको हो । भक्तपुरका साथै काठमाडौं उपत्यकामा कलंकी चोक, ललितपुरको लगनखेल चोकबाट मशाल जुलुस सुरू हुने जनाइएको छ । उपत्यका बाहिर भने प्रत्येक जिल्ला, सदरमुकाम वा उपयुक्त स्थानमा बृहत् मशाल जुलुश हुने जनाइएको छ ।  
नेपाल आयल निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।  निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २०० वृद्धि गरेको थियो ।
मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले जीवन नै धान्न गारो हुने भएकाले यसलाई स्वीकार्न नसकिने भन्दै बृहत् मशाल जुलुस गर्न लागिएको जनाइएको हो ।
राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटी अध्यक्ष पुष्पराज बस्नेतले खाधान्नलगायतका दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्विले समग्र क्षेत्रमा प्रभाव पार्ने र जनतालाई दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न नै समस्या परेकाले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा मशाला जुलुस हुन लागिएको बताउनुभयो ।

Comments