दुई बालिकाहरुमाथि बलात्कार गरेको आरापमा १९ वर्षीय युवक पक्राउ


जेठ ६, २०७९, शुक्रबार | विहान ०७:०८ बजे | 0


दुई बालिकाहरुमाथि बलात्कार गरेको आरापमा १९ वर्षीय युवक पक्राउ

भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रातोपुलमा जेठ २  गते अंदाजी ११ र ३ गते विहान साढे चार बजेको समयमा दुई बालिकालाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्तको आधारमा महानगरी प्रहरी बृत थिमि भक्तपुरले एकजना युवकलाई पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरीदेउराली गाउपालिका वडा नं. ८ बस्ने वर्ष १९ को जोन भुजेललाई पक्राउ गरी थप आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments