(एसईई) को रिर्जल्ट सार्वजनिक
भदौ १, २०७७, सोमबार | दिउँसो ०१:३९ बजे | 35
काठमाडौँ, १ भदौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
(एसईई)को परीक्षफल सार्वजनिक परीक्षाफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन ।गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक भएको हो ।
परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।