सूर्यविनायक नगरपालिका–८ क्षेत्रबाट एक बाल बिज्याइँकर्ता पक्राउ
असार १३, २०८३, शनिबार | राति ०७:१५ बजे | 125
बाल सुधार गृहबाट फरार रहेका बाल बिज्याइँकर्ता पक्राउ
भक्तपुर, असार १३ — भक्तपुरस्थित बाल सुधार गृहबाट फरार रहेका चोरी मुद्दाका एक बाल बिज्याइँकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ वैशाख २४ गते बाल सुधार गृहबाट फरार भएका दोलखा जिल्लाको गैरीमुदी गाउँपालिका–४ घर भई हाल भक्तपुरको जगाती बस्दै आएका १६ वर्षीय अंकित घतानीलाई शुक्रबार (असार १३) पक्राउ गरिएको हो।
प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका–८ क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले पक्राउ परेका बाल बिज्याइँकर्तामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
