एन्फा संघको नाममा अरुले नै जिल्ला लिग गर्न सुचना प्रकाशित


फाल्गुन २५, २०७७, मङ्गलबार | विहान ११:२१ बजे | 0


भक्तपुर । अखिल नेपाल फुटबल संघ(एन्फा)लाई गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघले भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताक २०७७ को बारे ध्यानाकर्षणको लागि महा सचिव तिर्थ राजचलद्धारा हस्ताक्षर भएको निवेदन दिएको छ । पहिला जिल्ला लिग गरेको खर्च नियमानुसार एन्फाले दिनु पर्ने भुक्तानी समेत अहिलेसम्म नदिई फाईल नै हराई दिएको उपाध्यक्ष सुनिल प्रजापतिले बताउनु भयो ।
निवेदनमा अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता २०७७ को लागि भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्मानीय सर्वोच्च अदालतमा मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघ भएको अवस्थामा यस संघको नाममा अरुले नै जिल्ला लिग गर्न सुचना प्रकाशित गरेकोमा घोर आपति प्रकत गरेको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।
साथै उक्त निवेदन अनुसार मौजुदा रहेको भक्तपुर जिल्ला फुटबल संघ विघटन गरी नयाँ जिल्ला तदर्थ समिति गठन गर्ने एन्फाको विधानले नदिएको र सो केन्द्रीय समितिबाट समेत पारित नभएकोले यस गौतम सुजखू अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघले मात्र जिल्ला लिग गर्न पाउने नैतिक अधिकारबाट बञ्चित गर्न नसक्ने साथै विधानले साधारणसभाको दुईतिहाई बहुमतले मात्र जिल्ला समितिलाई भंग गर्न सक्ने भएता पनि १९ औं साधारण सभामा समेत पारित नभएकोले गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारिक संघ हो त्यसैले यो संघललाई मात्र जिल्ला लिग फुटबल प्रतियोगि २०७७ गर्न ÷ गराउन अनुरोध समेत गरेको उपाध्यक्ष सुनिल प्रजापतिले बताउनु भयो ।

साथै अरु कोहि पनि अध्यक्ष रहेको संघले सुचना प्रकाशित गरी भक्तपुर जिल्ला फुटबल संघमा आवद्ध फुटबल र आवद्ध हुन चाहने सम्पूर्ण फुटबल क्लबहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र जिल्ला फुटबल संघको कार्यालय, सानोठिमी, भक्तपुरबाट आएको सुचनालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले तुरुन्त रद्द गर्न समेत अनुरोध गर्दछु । १९ औं साधारण सभामा समेत सम्मानीय सर्वोच्च अदालतमा विचारधिन मुद्दा भएकोले विवादित विषयमा कसैलाई पनि केहि गर्न नदिने भनि साधारणसभामा समेत सहभागी नगराएको आवस्था जिल्ला लिगको सुचना आउनु वेइमानी र जालसाझीको गन्ध देखिन्छ । त्यसैले उक्त सुचनालाई तुरुन्त रद्द गराउन समेत अनुरोध गरेको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनु भयो ।
[[img2]]
भक्तपुर जिल्ला फुटवल संघ अखिल नेपाल फुटवल संघ(एन्फा)का प्रतिनिधि संजिब मिश्र लगायतको उपस्थितिमा मिति २०७४ चैत २७ गते साधारण सभा सम्पन्न भयो । उक्त साधारणसभाबाट गौतम सुजखुको  अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भयो । तत् पश्चात भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई एन्फाको मिति २०७५ बैशाख २२ गते १६ औ साधारणसभाबाट हालको अध्यक्ष कर्मा छिरिड्ड शेर्पा निर्वाचित भएको थियो भन्ने भक्तपुर जिल्ला फुटबल संघका प्रतिनिधिहरु उपस्थित भई अखिल नेपाल फुटबल संघको १७ औं बिशेष साधारणसभा चितवनमा २०७५ श्रावण ३० गते सम्पन्न भयो । त्यसपछि मिति २०७६ चैत ९ गते साफ महिला फुटबल प्रतियोगिता बिराटनगरमा भएको बेला साधारणसभा समेतमा यस संघबाट प्रतिनिधिहरुको सक्रिय सहभागी भयो । एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आधार मुलत तिन वटा बुदामा दिएको रायसहितको निष्कर्षका साथै एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरी जिल्ला लिग समेत सञ्चालन गरेको र क्लब दर्ता समेतका आधारहरु समेत पुरा नगरी एन्फाको विधान र नियमावली अनुसार हुनु पर्ने क्लब दर्ता समेत नभएको र प्रक्रिया पु¥याउनु पर्ने क्लब संख्या समेतको आधारमा कानुनी प्रकृया पुरा नभएको र कानुनी प्रकृया अनुसार क्लबहरु दर्ता नभएको जिल्ला प्रशासन कार्यालय, भक्तपुरको पत्रबाट क्लब तथा टिमको दर्ता एवं नविकरण समेत नभएको÷नगरेको भनि पत्र प्राप्त भएको साथै अन्य निकायहरुमा समेत आवद्धता नरहेको पाइएको तथा एन्फाद्धारा प्रेशित प्रतियोगिता नियमवालीको नियम १६ को सारांशमा सहि छाप गरी बन्द गरेको कागजको तल पट्टीको खाली भागमा सच्याई आफु अनुकुलको रकम उल्लेख गरी निर्देशन र नियम विपरित तवरले रकम उठाई लिग संचालन गरेको पाइएकोले र जिल्ला लिग संचालन गर्दा प्रक्रियागत त्रुटीहरु समेत गरेको पाईएको हुंदा उल्लेखित बु“दाहरुमा पनि छलफल हुंदा संघको विधानको धारा १४ को उपधारा १ को (क) र (ट) तथा धारा २१ को उपधारा ३ को विपरितको गतिविधि गरेको देखिएको हुंदा एन्फाको निर्णय निर्देशनहरु कार्यान्वयन नगरेकोले विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला संघको कार्य समितिलाई प्रतिस्थापन गरी सोको स्थानमा एक नया“ भक्तपुर जिल्ला फुटबल संघको तदर्थ समिति गठन गर्ने साथै सो तदर्थ समितिलाई विधानको धारा १४ र धारा २१ समेतको अधिकार प्रयोग गराउने र एन्फाको प्रत्यक्ष निर्देशन र अनुगमनमा रहने गरी विद्यमान कोविड–१९को महामारीमा नेपाल सरकारबाट लागु गरिएको लकडाउन पूर्ण रुपमा अन्त्य भए पश्चात शुरु हुने गरी ६ महिना भित्र कार्यदेश रहने गरी १३ सदस्यीय तदर्थ समिति गठन गर्ने सर्वसम्मत निर्णय गरिएको छ । भक्तपुर जिल्ला फुटबल संघले विभिन्न फुटबल प्रतियोगिताहरु संचालन गर्यो । एन्फाको मिति २०७६ श्रावण १४ गते आपतकालिन समितिको बैठकबाट छानविन समितिले दिएको प्रतिवेदनको आरोप निराधार रहेको संघको बैठक बसी जिल्ला लिग सञ्चालनमा क्लब दर्ताको लागि स्थानीय पत्रिकामा १० दिनको म्याद राखी सूचना पठाएको सोहि अवधिमा दर्ता गरेको टिमक्लब राखी लिग सञ्चालन गरेको र नियम पक्रिया नपु¥याई दर्ता गर्न आएको टिम क्लबलाईमात्र दर्ता नगरेको हो । सो सम्बन्धमा छानबिन समितिका प्रतिनिधि मधुसुदन उपाध्यायलाई भक्तपुर आउ“दा धारा २१ उपधारा ३ (क) र (ट) अनुसार रहेको प्यान सहितको टिमक्लब दर्ताको कागजात पेश गरेको थियौं । साथै लिग संचालनको लागि एन्फाबाट प्रेशित प्रतियोगिता नियमावलीले जिल्ला संघलाई दिएको अधिकार प्रयोग गरी जिल्ला संघको निर्णय भए अनुसार सो नियमावलीको अन्तमा दर्ता र धरौटी शुुल्क र लिगको अन्तिम निर्णायक अधिकार जिल्ला संघलाई हुने भनि थप गरी टिमक्लबलाई पत्राचार गरेको हो । साथै एन्फाको नियमावली सच्चाईएको होइन् । यस संघ धारा १४ (क) अनुसार दायित्व बहान भएको छ । बरु विगत केहीं समयदेखि एन्फा कार्यसमितिले निजि स्वार्थलाई सर्वोपरी ठानी विधान विपरित र आर्थिक अनियमियतता गरेको तथा सदस्य संघहरुलाई निषेधको व्यवहार गर्ने गरेको हुदा हामी एन्फाका जिल्ला सदस्य संघहरुले यस विषयमा छानबिन गरी कार्यवाहीको माग गर्दै सम्मानीय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय संसदको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद लगायतको निकायमा उजुरी समेत दर्ता गरेका छौं । एन्फाको कार्य समितिले गरेको अनियमितता लगायतको कार्य विरुद्ध फुटबल र एन्फाको हितमा आवाज उठाउदा विधान विपरित यस भक्तपुर जिल्ला फुटबल संघलाई मिति २०७७ असार २ गते एन्फा कार्य समितिको बैठकले एन्फाको विधानको धारा ५४ अनुसार प्रतिस्थापन गर्ने निर्णय गरेको छ । एन्फा कार्यसमितिको निर्णयले गठित कार्यसमितिलाई एन्फाको विधानको  धारा १४ र २१ को समेत अधिकार प्रदान गरिएको छ । एन्फा कार्य समितिले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी नया तदर्थ समिति गठन गर्न पाउने कुनै पनि अधिकार विधानले प्रदान गरेको छैन् । तर पनि एन्फा कार्यसमितिले विधान विपरित भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी फुटबल र खेलाडीसमेतलाई क्षति पु¥याउने काम गरेको हुदा न्यायका लागि निवेदन साथ उपस्थित भएका छौं । अतः विधान विपरित एन्फा कार्यसमितिको मिति २०७७ असार २ गतेको निर्णय बदर गरी गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघलाई यथावत काम गर्न दिनु दिलाउनु पर्ने उपर्युक्त निर्णय आदेश गरी पाउ“m भनि सम्मानीय सर्वोच्च अदालतमा मुद्दा विचारधिन रहेको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments