बुद्ध जयन्तीको उपलक्ष्यमा ज्ञानमाला भजन


बैशाख २६, २०८३, शनिबार | साँझ ०६:२६ बजे | 120


बुद्ध जयन्तीको उपलक्ष्यमा ज्ञानमाला भजन

नमोबुद्ध बचत तथा ऋण समूह साःकोलां भक्तपुरको आयोजनामा स्थानिय थाथुसाःमा बुद्ध जयन्तीको उपलक्ष्यमा ज्ञानमाला भजन प्रस्तुति तथा प्रवचन कार्यक्रम सम्पन्न भयो । पहिलो चरणको कार्यक्रममा तथागत ज्ञानमाला भजन खलः तिनाछेँ,साःकोलांले ज्ञानमाला भजन प्रस्तुत गरेको थियो । साथमा अरू ज्ञानमाला भजन खलः पनि सहभागी हुनु भयो । त्यस्तै दोश्रो चरणको प्रवचन कार्यक्रम भयो । प्रवचन कार्यक्रममा श्रद्धेय खेम्पो किरण बज्राचार्यले गर्नु भयो । व्यवहारिक बुद्ध शिक्षाबारे प्रवचन दिनुभयो । कार्यक्रममा स्वागत भाषण संस्थाको उपाध्यक्ष बिस्सेश्वर मानन्धरले गर्नु भयो भने धन्यवाद संस्थाको अध्यक्ष राजु मानन्धरले दिनु भयो । कार्यक्रम पञ्चशील प्रार्थना बाट शुरू भई पुण्यानुमोदन र धर्मदान गरि सम्पन्न भयो ।

फाेटाेमा हेर्नुहाेस्...

बुद्ध जयन्तीको उपलक्ष्यमा ज्ञानमाला भजन

Comments