विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सकियो


चैत २१, २०८२, शनिबार | साँझ ०५:३७ बजे | 40


विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सकियो

भक्तपुर । भक्तपुरमा अवस्थित एभरेस्ट इगलिश स्कुलमा किन्डरगार्डेन तहका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा आयोजना भएको छ । विद्यालयको भक्तपुर नगरपालिका वडा नं २, मिबाछेँस्थित परिसरमा भएको उक्त कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रमका मुख्य विशेषता
कार्यक्रमको सुरुवात उदघोषकद्वारा उद्घाटनसँगै भएको थियो । त्यसपछि स्वागत मन्तव्य, विद्यार्थीहरूको ग्रायजुएसन गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रममा टाइगर र  लियोपार्ट समूहका विद्यार्थीहरूले गीत तथा नृत्यमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यसैगरी दी लिटिल पेरोट लर्नस् टु फ्लाई शीर्षकमा कठपुतली पपेट शो समेत प्रस्तुत गरिएको थियो । साथै भाइस प्रिन्सिपलको सन्देश, कथा वाचन, अभिभावकको मन्तव्य र विद्यार्थीहरूको धन्यवाद ज्ञापन कार्यक्रम पनि समावेश गरिएको छ ।
प्रमाणपत्र वितरण र समापन
कार्यक्रमको मुख्य आकर्षणका रूपमा ग्रायजुशन वाल्क राखिएको छ, जहाँ प्रत्येक विद्यार्थीले मञ्चमा उक्लेर प्रमाणपत्र र पोर्टफोलियो प्राप्त गरेका थिए । कार्यक्रमको अन्त्य धन्यवाद ज्ञापन, समापन तथा अभिभावक फिडब्याक सत्रसँगै गरिएको थियो ।
विद्यालयले यसअघि पनि यस्ता कार्यक्रममार्फत साना विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई कक्षा १ तर्फको यात्राका लागि तयार पार्दै आएको छ ।
यस प्रकारका दीक्षान्त समारोहले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै उनीहरूको शैक्षिक यात्राको नयाँ चरणतर्फ उत्साहजनक सुरुवात गराउने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।
 

फाेटाेमा हेर्नुहाेस्...

विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सकियो

Comments