मदरल्याड इङ्लिस सेकेन्डरी स्कुलमा स्काउटको प्रथम दीक्षान्त समारोह सम्पन्न
चैत १९, २०८२, बिहीबार | राति ०९:१७ बजे | 165
भक्तपुर, २०८२ चैत १९ मदरल्याड इङ्लिस सेकेन्डरी स्कुलमा स्काउटको प्रथम दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा १३ जना छात्र र १३ जना छात्राहरू गरी जम्मा २६ जना स्काउट विद्यार्थीहरू दीक्षित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि स्थानीय स्काउट कार्यालय सूर्यबिनायकका कार्यसमिति सदस्य जीवन सुवालले स्काउटले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता तथा सेवाभाव विकास गर्ने उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूलाई स्काफ लगाइ समाजसेवामा सक्रिय हुन प्रेरित गर्नुभयो। आजको दीक्षा केवल एउटा कार्यक्रम होइन, यो जिम्मेवारीको सुरुवात हो। स्काउटको वर्दी लगाउनु भनेको सेवा र अनुशासनको मार्गमा हिँड्ने प्रतिबद्धता हो। सधैं तयार रहनु (Be Prepared) केवल नारा होइन, जीवन जीउने तरिका हो। आज हामी वाचा गर्छौं—आफूलाई होइन, समाज र राष्ट्रलाई समर्पित हुने भाव ब्यक्त गर्दछौं । एक स्काउटको साँचो पहिचान उसको व्यवहार र सेवामा देखिन्छ।अत: सम्पुर्ण स्काउटले —सधैं तयार रहनेछौं, सधैं सेवा गर्नेछौं भन्ने भावनाको विकास गर्नु पर्ने कुरामा सुवालले जोड दिनुभयो। कार्यक्रममा स्काउट मास्टर राष्ट्रिय प्रशिक्षक रत्ना चवाल र पूर्ण भक्त दुवालले पहिलो तह सदस्यता ब्याच वितरण गर्नु भएको थियो। कार्यक्रममा विद्यालयका निर्देशक शर्मिला देउजा, कार्यक्रम संयोजन पन्च रेखा प्रजापति को समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सञ्चालनमा शिक्षक सृष्टि कासुलाको सक्रियता भएको थियो । विद्यालयले स्काउट कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिने प्रतिबद्धता समेत व्यक्त गर्दै प्रिन्सिपल सञ्जय खडकाको सभापतित्वमा धन्यवाद ज्ञापनसहित कार्यक्रम सम्पन्न भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
