राधेराधे यातायात कार्यालयबाट दुई जना पक्राउ
चैत १७, २०८२, मङ्गलबार | साँझ ०६:२५ बजे | 815
भक्तपुर, चैत १७ — जिल्ला भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ राधेराधे स्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दु:ख–हैरानी दिएको सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पु¥याउँदै सेवाग्राहीलाई प्रभावित पार्ने कार्य भइरहेको भन्ने जानकारीपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ६ घर भई हाल राधेराधे बस्ने वर्ष २९ की यम कुमारी श्रेष्ठ र जिल्ला चितवन कालिका नगरपालिका वडा नं. ६ घर भई हाल राधेराधे बस्ने वर्ष ३० का सुनिल थापा रहेका छन्।
उक्त घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
