दिनभर भनपा ६ वडामा जे देखियो...


फाल्गुन २९, २०८२, शुक्रबार | राति ०७:२१ बजे | 755


दिनभर भनपा ६ वडामा जे देखियो...

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ भुलाछें भक्तपुरले एक्जना सहकारी ठगको सिफारिस रोक्का गरिदिएको छ । सहकारीको वचत रकम फिर्ता नदिने पिडक सोही वडा वस्ने कृतन प्रजापतिको नाता प्रमाणित ६ महिनाका लागि रोक्का गरेको हो । 
वडा अध्यक्ष हरिराम सुवालले वडाबासीले निज प्रजापतिको सहकारीमा जम्मा गरेको रकम नदिएको उजुरी वडा कार्यालयमा रहेकोले ६ महिनाका लागि वडो गर्ने उनको सवै काम रोक्का गरेको जानकारी दिए । ६ महिनापछि वचत रकम फिर्ता गर्ने सहमति गरेको र बचत रकम फिर्ता गरेपछि मात्रै उनलाई वडाले दिने सेवा सुचारु गर्ने वडा अध्यक्ष सुवालले जानकारी गराए । 
घटना विवरण अनुसार सहकारी ठग प्रजापति वडामा नाता प्रमाणित गर्न विहीबार वडा पुगेका थिए । त्यसपछि वडा अध्यक्ष सुवालले बिहीबार नाता प्रमाणित गर्नेबारेमा छलफल गर्नुपर्ने बताएका थिए । त्यसपछि सहकारीसँंग असम्वन्धित भएका कुरा गरेर वडा अध्यक्षले दादागिरी गरेको भन्दै विना अनुमति विहीबार नै वडामा भएको छलफलको भिडियो पीडकको समूहले सार्वजनिक गरेका थिए । 
बिहीबार नै नाता प्रमाणित नगरिदिएपछि पिडक शुक्रबार फेरि वडामा दलवलसहित हुलहुज्जत लिएर आएका थिए । त्यही विषय थाहा पाएर पिडित वडाबासीहरु वडामा पुगेका थिए । सहकारी ठगले वलजफती वडामा आएर झगडा गर्न आएको जानकारी आएपछि सयौं पिडितहरु वडा कार्यालयमा शुक्रबार जम्मा भएका थिए । त्यसपछि पीडितहरुले पिडकलाई सवै बचत फिर्ता गरेपछि मात्रै छोड्न घेरावन्दी गरेका थिए । पछि वडा कार्यालयले पैसा तत्काल दिन नसक्ने भएकोले प्रहरीको रोहबरमा आइतबाभित्र प्रति वचत दसदस हजार बचत रकम फिर्ता गर्ने र ६ महिनाभित्र सवै पैसा फिर्ता गर्ने लिखित सहमति दिनभरको भनाभनपछि साँंझ भएको थियो । त्यसपछि सहकारी ठगलाई दिनभर घेरामा राखेका पीडितहरुले वडा कार्यालय बाहिर ल्याई सार्वजनिक रुपमा माफी माग्न लगाएका थिए । साथै उने गरेको बाचा पनि सुनाउन लगाएका थिए । 
यसअघि पिडितसँंग सार्वजनिक माफी मागेर बचत रकम फिर्ता गर्ने लिखित प्रतिवद्धता सार्वजनिक गरेपछि पिडकलाई दिनभर वडा कार्यालयमा थुनेर साँंझ मात्रै छोडिएको थियो । 
वडा अध्यक्ष हरिराम सुवालले नाता प्रमाणित गर्न आएका व्यक्तिले सहकारी ठगी गरेको उजुरी वडामा रहेकोले छलफलपछि मात्रै नाता प्रमाणित गरिदिने बताएको तर तत्काल नाता प्रमाणित नगरिदिएको भन्दै आफूमाथि अभद्र व्यवहार गरेको जानकारी गराए । त्यसपछि छलफलपछि मात्रै सिफारिस गर्ने भनिए पनि वडामा जवरजस्ती गरेको र आफूमाथि अभद्र व्यवहारसमेत गरेको थाहा पाएपछि पीडितहरु वडामा आइ ठगलाई घेर्न पुगेको उनले जनाए । दिनभरको वार्तापछि साँंझ सहमति गरी ठगलाई साँझ छोडिएको उनले जनाए ।   
स्थानीय वडाबासी एवं एकजना पीडित राजुसिंह बजिकोले निज प्रजापतिको सहकारीमा आफनो परिवारको मात्रै १५ लाख बचत फिर्ता नदिएको जनाए । त्यही कारण आफूहरुले वडामा कारबाहीका लागि निवेदन दिइराखेको उनले जनाए । निज ठग प्रजापति बेपता भएको महिनौ भएकाले आफूहरुले वडामा कारबाहीका लागि लिखित निवेदन पेश गरेको उनले जनाए । महिनौ बेपता भएका ठग वडामा सिफारिसका लागि बिहीबार पुगेको र आफूहरुको त्यही उजुरीका आधारमा वडाले तत्कालन सिफारिस नदिई राखेको उनले जनाए । तर वडाले त्यही सिफारिस नदिएको भन्दै ठगको सहमूले नै भिडियो भाइरल गरेपछि आफूहरुले पिडक वडामा आएको थाहा पाएको उनले जनाए । त्यसपछि आफूजस्तै धेरै पिडितहरु विहीबार वडामा आई ठगलाई दिनभर थुनेको उनले जनाए । साँंझ वचत रकम फिर्ता गर्ने लिखित सहमतिका साथै वडा अध्यक्षमाथि गरेको अभद्र व्यवहारको लिखित माफी मागेपछि मात्रै छोडिदिएको जनाए । भक्तपुरमा जस्तै सहकारी ठगहरुको सरकारी सेवा वन्द गरिदिए सजिलै सहकारी पिडितहरुको बचत रकम फिर्ता गर्न सकिने उपाय उनले सुनाए । अझ वडामा बाहेक नगरपालिका तथा अरु सरकारी कार्यालयहरुले दिने सेवा वन्द गरिदिए पिडितको रकम सजिलैसँंग उठने उनको विचार छ । 

फाेटाेमा हेर्नुहाेस्...

दिनभर भनपा ६ वडामा जे देखियो...
दिनभर भनपा ६ वडामा जे देखियो...
दिनभर भनपा ६ वडामा जे देखियो...

Comments