शुभकामना
फाल्गुन ११, २०८२, सोमबार | साँझ ०६:२१ बजे | 120
मुकुन्द अर्याल
प्रातःकालिन सन्ध्याकालिन मैत्री समूह,
कोटेश्वर, काठमाडौं
गगन मण्डलका ताराहरूझैँ
स्वयम् इन्दुल चम्केको देखेँ ।
कतै रास भजनमा मस्त
कहि ब्रह्मानन्द भजनमा व्यस्त
कतै भक्ति भजनमालामा
कहि गणेशकृत रामायणमा
कतै गीतगोविन्द भजनमा
रमाई रहने सबैको प्यारो इन्दुल ।
कतै भक्ति सुधा पुस्तकमा
कतै स्वस्थानी व्रतकथामा
प्रेतात्मासँग जम्काभेटमा
ठाडो भाकाको लोक संस्कृतिमा
मालती मङ्गलेको रङ्गमञ्चमा
ठाटिएर कोट पाइन्ट पहिरनमा
झुल्किएका इन्दुल नाटकमा ।
दुई दिव्याङ्गहरूका कृति सुम्सुम्याउनमा
घोट लिएर गुरु चेला गौरव ग्रन्थमा
गुन गुनाउन पुग्छ, उद्बोधन गानमा
पवित्र समाजवादको परिकल्पनामा
पुग्छ इन्दुल, गहिरो दृष्टि लगाउनमा ।
अनौठा आरोह अवरोह उनको जीवनमा
अनुभव सँगाल्दै हिलारीको अङ्गालोमा
अनेकौं वर्ष हिउँद–वर्षा पार गर्दागर्दै
आफ्नै रक्तवीर्य र कलमवीर्य सन्ततिहरू पाल्दै
खुइय गर्दै आइपुग्छ जीवाको चौतारीमा
नियति भोग्दै एकल जीवन वृद्धा अवस्थामा
अनुहारमा बोकी हिँड्ने चम्किलो चन्द्रमा ।
निरन्तर यत्रतत्र अनेकौं यात्राहरूमा
बजाउँदै चरैवेति चरैवेति, विगुल फुक्नमा
जीवन सक्रियता र कर्मशिलतामा
डा. इन्दुल के.सी. अनुपम मिसालमा
तिम्रो ८४ औं वर्ष प्रवेशमा
मेरो भित्री मनले व्यक्त गरौँ तिमीलाई
स्वस्थ र सुखी भई दशकौं बाँच तिमी
यही छ मेरो शुभकामना !
०००
फाेटाेमा हेर्नुहाेस्...
