मध्यपुर थिमि नगरपालिकाले अख्तियारको दुरुपयोग गरेको आरोप


कार्तिक ७, २०८२, शुक्रबार | राति ०९:१६ बजे | 152


मध्यपुर थिमि नगरपालिकाले अख्तियारको दुरुपयोग गरेको आरोप

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामाथि अख्तियारको दुरुपयोग गरेको आरोप लागेको छ । जनताको करबाट संकलित रकमलाई मध्यपुर थिमि नगरपालिका वडा नं ९ को नीलबाराही क्षेत्रमा जथाभाबी बजेट विनियोजन गरी अख्तियारको दुरुपयोग गर्दै आएको आरोप लागेको हो । जनतासँग सम्वन्धित विषयमा जनतासँंग कुनै छलफल नै नचलाई अनावश्यक रुपमा बजेट विनियोजन गरी बजेटको दुरुपयोग भएको आरोप हो । 
नीलबाराही जोगाऔं अभियानका अभियन्ता अनिश बैद्यले सामाजिक सञ्जाल फेसबुकमा घुमाउरो पारामा त्यस्तामाथि कारवाही चलाउनुपर्ने लेखेका छन् । उनले यसअघि पनि बारम्वार यही विषयमा बोल्दै आएका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमि नगरपालिकाले अख्तियारको दुरुपयोग गरेको आरोप

Comments