उदय बचतको २९ आैं साधारणसभा तयारी बैठक सम्पन्न


भदौ २१, २०८२, शनिबार | दिउँसो ०३:५८ बजे | 140


उदय बचतको २९ आैं साधारणसभा तयारी बैठक सम्पन्न

भक्तपुर, भदौ २१ । लिवालि ८ स्थिति उदय बचत तथा ऋण सहकारी संस्थाको २९ आैं साधारणसभा तयारी बैठक शनिबार  सम्पन्न भयो ।
बैठकमा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले भक्तपुर नगरपालिकालाई सामुदायिक विकास कोषको रकम हस्तान्तरण गर्दा समुदायको हितमा प्रयोग हुनु गर्व गर्न लायक भएको बताउँदै  सहकारीका सदस्यहरूको शैक्षिक तथा सीपको योग्यतालाई कदर गर्न आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले सामुदायिक सहकारी संस्थालाई बैंकको हितमा प्रयोग गर्ने गराउने नीति अनुरुप सरकारले सहकारी संस्थालाई संकुचित गर्न खोजेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले समुदायमा आधारित सहकारी संस्थालाई बैंकिङ प्रणालीमा लग्दा सहकारीको नाफामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले संकुचित गर्ने बताउँदै सामान्य नागरिकको पहुँच भएको सहकारीमा नागरिक र सहकारी बीच असहज परिस्थिति सृजना गर्ने विचार राख्नुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले संस्थाले आवश्यकताअनुसार संयुक्त बैठक, समयसापेक्ष उपयोगी तालिम तथा भाका नाघेको ऋणीलाई पटकपटक ताकेता संस्थाको विशेषता रहेको बताउनुभयो ।
साधारणसभा तयारी बैठकमा संस्थापकहरु, पूर्व संचालकहरु, संचालक, विभिन्न उपसमिति सदस्य तथा संस्थाका कर्मचारीहरुको उपस्थित रहेको अन्तर्क्रियात्मक छलफलमा संस्थाका व्यवस्थापक पूण्यराम गोसाई लगायतले बोल्नुभयो ।
असोज ११ गते शनिबार महेश्वरी बैंक्वेटमा हुने २९ आैं साधारणसभा तयारी बैठकले मञ्च व्यवस्थापन समिति, बाजा व्यवस्थापन समिति, चियापान तथा खानेपानी व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति तथा अतिथि सत्कार, प्रमाणपत्र तथा सम्मान व्यवस्थापन समिति निर्माण गरिएको छ ।

Comments