साउन २४, २०८२, शनिबार | साँझ ०६:५४ बजे | 60


भक्तपुर, साउन २४
प्राडा रञ्जितभक्त प्रधानांग र सोमकान्ता भण्डारीद्धारा संयुक्त रुपमा लिखित फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक शनिबार भक्तपुरमा एक भव्य समारोहवीच विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रिय अधयक्ष नारायणमान विजुक्छें (रोहित) र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । 
सार्वजनिक पुस्तक लेखहरुको सँगालो रहेको जनाइएको छ । पुस्तकमा विभिन्न २१ शीर्षकहरुमा लेखिएका लेखहरुको सँंगालो रहेको कार्यक्रममा बताइयो । लेखकद्धयले २०५९ देखि २०७७ सालसम्म लेखिएका लेखहरुको संकलन पुस्तकमा रहेको बताइयो । 
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिस मेघराज पोखरेल, उच्च अदालत जनकपुर (अस्थायी इजलाश वीरगञ्ज)का निर्मला शाक्य, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस बासुदेव नेपाल, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, पुस्तकका प्रकाशक पैरबी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्र सिवाकोटीलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गरेका थिए ।  
कार्यक्रमको सभापतित्व भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतित्वमा भएको थियो । कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले स्वागत गरेकी थिइन् । साथै नगरपालिकाकी उपप्रमुख रजनी जोशीले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्र्यक्रमको सञ्चालन रवीन्द्र ज्याख्वले गरेका थिए । कार्यक्रमको अन्तमा मायाको चिनो पनि वितरण गरिएको थियो । 
 

Comments