लोकमान मास्के सङ्खुवासभा प्रतिभा पुरस्कारबाट पुरस्कृत


साउन २०, २०८२, मङ्गलबार | दिउँसो ०२:२१ बजे | 145


लोकमान मास्के सङ्खुवासभा प्रतिभा पुरस्कारबाट पुरस्कृत

शब्दयात्रा प्रकाशनले लोकमान मास्केलाई २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । सङ्खुवासभा जिल्लाको खाँदबारीमा जन्मेर साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएका श्री मास्केले नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अधिकृतका रूपबाट पनि सेवा गर्नुभएको छ । पुरस्कार समर्पण गर्ने क्रममा महाकाव्यकार डा. शैलेन्दुप्रकाश नेपालले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापक लीलादेवी श्रेष्ठले भेटी, समाजसेवी पदमनाथ ढुङ्गानाले उपहार र लेखक सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन साहित्यकार तथा समाजसेवी लीलादेवी श्रेष्ठले गर्नुभएको हो ।

Comments