यस्तो भएको थियो सूर्यविनायक घलाटेको कुटपिटको घटना 


साउन ४, २०८२, आइतबार | राति ०७:४५ बजे | 12800


यस्तो भएको थियो सूर्यविनायक घलाटेको कुटपिटको घटना 

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक घलाटेमा आइतबार दुर्घटनापछि कुटपिट भएको छ । ठेलागाडा र बस एक आपसमा ठोक्किएर दुर्घटना हुँंदा दुई पक्षवीच कुटाकुट भएको हो । 
प्रहरीका अनुसार ठेलागाडा अनियन्त्रित भइ बसमा ठोक्किदा बसचालक र सहचालकले ठेलागाडा चालकलाई कुटपिट गरेका थिए । घटनापछि ठेलागाडा चालक घाइते भएका छन् । उनी अस्पतालमा उपचाररत छन् । सहचालक भने फरार अवस्थामा छन् । 
घटना विवरण अनुसार काभ्रेको पनौतीबाट काठमाडौं जाँदै गरेको गाडीमा प्यासेन्जर चढाउन रोक्दै गरेको गाडीलाई फुलको गमला बेच्ने ठेलागाडा गाडी आफै अनियन्त्रित भएर पांग्रामा ठोक्किएको थियो । त्यसपछि सहचालकले के गरेको यस्तो भन्दा उल्टै ठेलागाडा चालक आशिष श्रेष्ठले गाडीका सहचालकलाई ठेलागाडामा रहेको गमलाले गाडीभित्र छिर्ने गरी हानेको प्रत्यक्षदर्शीले जानकारी दिऐ । यति मात्र नभई चालकसँग भनाभन गरी स्टेरिंगमा रहेको चालकलाईसमेत ठेलागाडा चालक श्रेष्ठले कठालो समाते । त्यसपछि कुटाकुटको अवस्था सृजना भएको प्रहरीको भनार्ई छ । ठेलागाडा चाकल र गाडी चालकको डिसकस भइरहेको बेला गाडा आफै गुडेर बसमा ठाक्किन गएको प्रहरीले जनायो ।
कुटपिटपछि ठेलागाडा चालक घाइते भएका छन् । उनलाई भक्तपुर अस्पतालमा उपचारको लागि लगिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइते खतरामुक्त छन् । उनको नाक र मुखमा थोरै घाउ चोटपटक लागेको छ । 
महागनरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृृत डिएपी ढुण्डीराज नेउपानेले घटनापछि गाडी चालक उज्जवल महत र घटनामा संलग्न सेक अक्टर हुसेनलाई महानगरी प्रहरी बृत जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ । गाडीको सहचालक भने फरार रहेका छन् ।
प्रहरीका अनुसार आशिष र सेक अक्टरले अत्याधिक मात्रामा माद्ययपान मापसे गरेको पाइएको छ । यसअघि पनि एउटा मोटरसाइकलसँंग ठेलागाडा चालक आशिशसँग विवाद भएको जनाइएको छ । ठेलागाडा चालक आशिष श्रेष्ठ र सेक अक्टर हुसेन स्थायी घर पर्सा भइ हाल चुनदेवीमा बसोबास गर्दै आइरहेको प्रहरीले जनायो ।
 

Comments