बुझाईयो ज्ञापनपत्र


माघ २, २०८१, बुधबार | विहान ११:४४ बजे | 10


बुझाईयो ज्ञापनपत्र

विगतमा १० केभि सम्म स्विकृत लिई उद्योग व्यवशायी संचालन गरी रहेका भक्तपुर घरेलु तथा साना उद्योग संघमा आवद्ध उद्यमीहरुले केही समय अघिमात्र बिद्युतको क्षमता वृद्धि गर्दा पनि २०७८ पौष देखि २०८१ श्रावण महिना सम्म करिव ३१ महिनाको छुट विल रकम बुझाउन सुचना प्राप्त भएको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रमा आज संघको अध्यक्ष श्यामसुन्दर श्रेष्ठको नेतृत्वमा संघका निवतर्मान अध्यक्ष प्रेम खर्बुजा पुर्व अध्यक्ष विरेन्द्र जति तथा पदाधिकारी एव उद्यमी सम्मिलित एक प्रतिनिधि मण्डल गई विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका लेखा प्रमुख मनोज कुमार बाला समक्ष ज्ञापन पत्र बुझाईयो । ज्ञापन पत्रमा भनिएको छ प्रदेश औद्योगिक व्यवशाय ऐन २०७६ को दफा १५ को उपदफा १ क बमोजिम २० किलोवाट सम्म विद्युत खपत गरिने उद्योगलाई लघु उद्योग भनिएकोमा विद्युत प्राधिकरणको २०७८ सालमा बनेको नियमावलिमा १० किलोवाट सम्मको उद्योगलाई ग्रामिण तथा लघु उद्योग भनि परिभाषित गर्दा प्रदेश ऐन सङ्ग बाझिएको हुन्दा सो नियमावलिलाई प्रदेश औद्योगिक व्यवशायी ऐन २०७८ अनुसार शंसोधन गरी हालसम्मको बाँकी रकम छुट गर्नुपर्ने बारेमा ध्यानाकर्षण गराईयो । सो अवसरमा लेखा प्रमुख बालाले ऐनमा आएको विषयमा आफुले पनि केही गर्न नसकिने भएकोले ऐन शंसोधनको लागि सम्बन्धित निकायमा जानकारी गराउन आफुले पनि पहल गरिदिने जानकारी गराउँदै क्षमता बृद्धि गरेको समय देखिमात्र छुट रकम बुझाए पुग्ने हुन्दा क्षमता बृद्धि गरेको समय सम्बन्धि प्रमाण सहित उपश्थित भएमा सो सम्बधि आफुले सहकार्य गरिदिन तयार रहेको जानकारी गराउनु भयो । ज्ञापन पत्र यस प्रकार रहेको छ । उपरोक्त सम्बन्धमा यस संघमा आवद्ध भएका घरेलु तथा साना उद्यमी व्यवशायीहरुबाट संचालित उद्योगहरुले त्यस कार्यालयलाई आफ्नो उद्योगले उपयोग गरे बमोजिम नेपाल विद्युत प्राधिकरणको नियमानुसार तिर्नुपर्ने महशुल समयमै तिरी आफ्नो उत्तरदायित्व पुरा गरिरहेकोमा नेपाल विद्युत प्राधिकरणले विभिन्न मितिमा चिठ्ठी मार्फत छुट विल रकम बुझाउन भनी पत्र पाएपछि यस संघको ध्यानाकर्षण भएको छ । घरेलु तथा साना उद्योग भनेको देश विकासको मेरुदण्दको रुपमा रहेको छ ।घरेलु तथा साना उद्योगको विकास विना देश विकास सम्भव छैन ।प्रदेश औद्योगिक व्यवशाय ऐन २०७६ को दफा १५ को उपदफा १ क बमोजिम २० किलोवाट सम्म विद्युत जडित उद्योग लघु घरेलुमा परिभाषित गरेकोले नेपाल विद्युत प्राधिकरणको विद्युत संकलन नियमावलिको अनुसुचि १ को उपदफा २ को १ क बमोजिम हालसम्म बाँकी बक्यौता रकम छुट गरिदिनुहुन यस संघ हार्दिक अनुरोध गर्दछ । श्यामसुन्दर श्रेष्ठ अध्यक्ष

Comments