शुभश्रीको अध्यक्षमा श्यामसुन्दर कायस्थ निर्वाचित


पुष २१, २०८१, आइतबार | विहान ११:३९ बजे | 20


शुभश्रीको अध्यक्षमा श्यामसुन्दर कायस्थ निर्वाचित

सागर गुरागाईं मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक अध्यक्षमा श्यामसुन्दर कायस्थ सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यसैगरी संचालक उपाध्यक्षमा रत्नसुन्दर कायस्थ, सचिवमा सुन्दर बज्राचार्य र कोषाध्यक्षमा तुल्सीमान श्रेष्ठ चयन हुनु भएको छ । आगामी ४ वर्षका लागि संचालक सदस्यहरुमा ज्ञानकृष्ण श्रेष्ठ, काशीभक्त कायस्थ, बालकृष्ण श्रेष्ठ, नन्दलाल श्रेष्ठ र संजिता धंजु चयन हुनुभएको छ । त्यसैगरि लेखा संयोजकमा उत्तम श्रेष्ठ र सदस्यद्धयमा गोपाल न्हा श्रेष्ठ र शुभेच्छा बज्राचार्य चयन हुनु भएको छ । शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पर्यटन विकासका लागि बजेट छुट्याएर काम गर्न सहकारीहरुलाई आग्रह गर्दै मध्यपुर थिमिको कला, सीप, संस्कृति, सम्पदा अनि पेशा व्यवसायलाई पर्यटनसँग जोड्न मध्यपुर महोत्सव आयोजना गरिएको बताउनु भयो । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै शुभश्री साकोस नीति, विधि र प्रविधिमा सञ्चालित रहेको बताउनु भयो । संस्थाका सचिव काशीभक्त कायस्थले संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । संस्थाका कोषाध्यक्ष तुल्सीमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष विरेन्द्रभक्त प्रधाना»्ग, भक्तपुर जिल्ला बचत संघका लेखा संयोजक बालमुकुन्द उपाध्याय लगायतका अतिथि वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु, बालबचतकर्ता, इसईई सम्मानका साथै बालकुमारी बाँसुरी खलःलाई पनि नगद र उपहार सहित सम्मान गरिएको थियो । यचु पार्टी भेन्यु थिमिमा भएको उक्त कार्यक्रममा शुभश्री साकोसले आर्थिक वर्ष २०८०=०८१ मा ३२ लाख ९० हजार ७ सय ५० रुपैंया खुद बचत गरेको जानकारी दिइएको थियो ।

Comments