साँझ छ वजेदेखि अरनिको राजमार्ग सञ्चालनमा
साउन ३१, २०८१, बिहीबार | दिउँसो ०१:४० बजे | 35
भक्तपुर । ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युु भएपछि बन्द रहेको सडक पाँच घण्टापछि खुलेको छ । प्रहरीले अश्रुुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर पारेपछि साँझ छ वजेदेखि अरनिको राजमार्ग सञ्चालनमा आएको हो ।
भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोलखाकी शुुष्मा नेपालीको मृत्यु भएपछि स्थानीयवासीले दिउँसो दुुई वजेदेखि अरनिको राजमार्ग अवरुद्ध पारेका थिए । प्रदर्शनकारीले अपरान्ह पाँच वजे ट्राफिक आइलेण्ड तोडफोड गर्नुका साथै आगजनी गर्न खोजेपछि प्रहरीले दर्जनौ सेल अश्रुुग्याँस हानेको थियो ।
कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घट्नास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब पाचास मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।