अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर


चैत २०, २०८२, शुक्रबार | राति ०७:२५ बजे | 70


अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर

अपहरण तथा शरीर बन्धक कसुरका प्रतिवादी पक्राउ

भक्तपुर, चैत २० — अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मकवानपुर गढी गाउँपालिका–३ निवासी ५३ वर्षीय दीपक खड्कालाई काठमाडौं महानगरपालिका–८ गौशालाबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार खड्काले आफू अनुसन्धान विभागको प्रहरी भएको भनी झुटो परिचय दिँदै भक्तपुर सूर्यविनायक नगरपालिका–५ बस्ने ४७ वर्षीय पूर्णबहादुर थापाको घरमा पुगेका थिए। उनले थापालाई होटलमा लगेर डर, धाक–धम्की दिँदै अपहरण तथा शरीर बन्धक बनाएको आरोप छ।

उक्त घटनापछि अनुसन्धानका क्रममा खड्कालाई चैत १९ गते पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। हाल उनीविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

Comments