आफनै स्कुल बसको ठक्करबाट भक्तपुरमा ६ वर्षीया बालिकाको मृत्यु ः खौमाका कान्छा पक्राउ


साउन २५, २०८१, शुक्रबार | साँझ ०४:०५ बजे | 25


आफनै स्कुल बसको ठक्करबाट भक्तपुरमा ६ वर्षीया बालिकाको मृत्यु ः खौमाका कान्छा पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे तीनधारेमा विहीबार आफनै स्कुलको वसको ठक्करबाट ६ वर्षीया एकजना विद्यार्थीको मृत्यु भएको छ । सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क. ९९११ नं.  को बसले सोही स्कुलमा अध्ययनरत भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने रेजकुमार नेपालको छोरी वर्ष ६ की रियान्सी नेपाललाई ठक्कर दिंदा मृत्यु भएको हो । सोही बसबाट ओर्ली बाटो क्रस गर्ने क्रममा अचानक ठक्कर दिदा बालिका घाइते भएकी थिइन् । घाइते भएपछि उपचारको लागि डा.ईवामुरा अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा दिउँंसो दुई बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना दिउँ.सा दुई बजेर पाँंच मिनेटमा भएको थियो । 
बािलकाको लाश पोष्मार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको जनाइएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । बस र बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. २ खौमा बस्ने वर्ष ५९ को कान्छा देउपाललाई प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Comments