देगमनाको आगो निभाउन ५६ प्रहरी पुगेका थिए


साउन २४, २०८१, बिहीबार | विहान ०५:५० बजे | 40


देगमनाको आगो निभाउन ५६ प्रहरी पुगेका थिए

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ४ देगमनास्थित रामसुन्दर कर्माचार्यको ४ तले पक्की घरको तेश्रो तलामा अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । खबर प्राप्त हुनासाथ तत्कालै जिल्ला प्रहरी परिसर भक्तपुर बाट प्र.नि. को कमाण्डमा २५ जना, सूर्यविनायक ब्यारेकबाट नेपाली सेना जम्दारको कमाण्डमा २१ जना, स.प्र.नि.को कमाण्डमा १० जना गरी जम्मा ५६ जना प्रहरी टोली खटिई गएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीयबासीहरु र २ वटा दमकलको सहयोगमा ११ः५० बजेको समयमा नियन्त्रणमा लिइएको हो । 
आगलागीमा अन्दाजी रू तीस लाख बराबरको क्षेति भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भइरहेको जनाइएको छ  । 
 

Comments