चितपोलमा ११ महिने बालिकाको पानीमा डुवेर मृत्यु
साउन २२, २०८१, मङ्गलबार | विहान ०७:३७ बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा ११ महिने बालिका पानीमा डुवेर मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. २ घर भई हाल सोही स्थान बस्ने गीता बस्नेतको छोरी ११ महिनाकी नेलिस्ता बस्नेतको मृत्यु भएको हो ।
खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पानीमा डुवेपछि अशक्त भई तत्कालै उपचारको लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
हाल लाश पोष्मार्टमको लागि काठमाडौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको सूचना अधिकृत राजन कार्कीले जनाए । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।