भक्तपुरको आगलागी ५ वटा दमकलहरुको सहयोगमा नियन्त्रणमा


साउन १८, २०८१, शुक्रबार | विहान १०:५५ बजे | 40


भक्तपुरको आगलागी ५ वटा दमकलहरुको सहयोगमा नियन्त्रणमा

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटार अमिनिटी स्कुल नजिकै सोही स्थान. बस्ने शंकर कटुवालको ४ तले पक्की घरको भुई तलामा रहेको नाशा ईन्टेरियर कम्पनी नामको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी वृत्त ठिमीबाट प्र.नि. को कमाण्डमा र प्रहरी प्रभाग बालकोटबाट ज्द्धज्ञ प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटिई गएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 
प्रहरी, स्थानियहरु, भक्तपुर, काठमाण्डौ र ललितपुरबाट गरी जम्मा ५ वटा दमकलहरुको सहयोगमा नियन्त्रणमा लिइएको परिसले जनाएको छ । आगलागीमा अन्दाजी २ करोड ६० लाख बराबरको क्षति भएको जनाइएको छ । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

Comments