त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिए


साउन ९, २०८१, बुधबार | विहान ०६:५२ बजे | 25


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५ जनाको शव निकालिएको छ। क्याप्टेन मनिश शाक्यसहित दुईजनाको सकुशल उद्धार भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक९एआइजी० दीपक थापाले यो कुरा पुष्टि गरेका हुन्।  

‘कसैले जहाजमा १९ जना भनिरहेका छन्, कसैले १७ जना। १७ जना सवार भएको भए हिसाब मिलिसक्यो। तर १९ जना भएको भए दुईजनाको खोजी गरिरहेका छौं,’ घटनास्थलबाट कुरा गर्दै उनले भने।


Comments