देकोचामा ठक्करबाट एकजना पुरुषको मृत्यु ः आदर्श वस्ने चालक पक्राउ
साउन ९, २०८१, बुधबार | विहान ०५:३१ बजे | 25
भक्तपुर नगरपालिका वडा नं ६ देकोचा स्थितमा व्यासीबाट कमलबिनायकतर्फ जाँदै गरेको बागमती ३ ख ५०८० नं को बसले हाल एकिन नामथर, वतन नखुलेको अन्दाजी ४०।४५ वर्षको पुरुष व्यक्तिलाई अचानक ठक्कर दिदा एकजना पुरुषको मृत्यु भएको छ । ठक्करपछि गम्भिर घाइते भई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल लाश सोही अस्पतालमा रहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १० घर भई हाल भक्तपुर आदर्श बस्ने वर्ष ४५ को अहमद हुसेनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।