लिवालीबाट १० जुवाडे पक्राउ (नामावलीसहित)
साउन ८, २०८१, मङ्गलबार | दिउँसो १२:४६ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीस्थित ब्रम्हलाल गणेशको ३ तले पक्की घरको पहिलो तलाको कोठा भाडामा लिई जुवातास खेलाइरहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई गई छापा मार्दा जुवातास खेल्ने उनीहरुलाई ३ बुक तास र नगद रु.एक लाख साठी हजार पाँच सयसहित नियन्त्रणमा लिएको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जुवा सम्बन्धी कसूरमा पेश गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
निम्नः–
१) जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने बर्ष ३७ को रामेश्वर खड्का (संचालक) ।
२) जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ७६ को सानु प्रसाद बन ।
३) जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरी बस्ने बर्ष ६२ को बाबुकाजी श्रेष्ठ ।
४) जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरी बस्ने बर्ष ५२ को राजकुमार पाण्डे ।
५) जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल बस्ने बर्ष ६२ को केदार ब. के सी ।
६) जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल बस्ने बर्ष ५५ को ईन्द्र थापा ।
७) जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ छालिङ बस्ने बर्ष ४० को माधब बस्नेत ।
८) जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने बर्ष ४० को श्याम मठैया ।
९) भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्ने बर्ष ५६ को राम सुन्दर मारिखु ।
१०) जिल्ला काभ्रे कात्तिके देउरालि गा.पा.४ घर भई हाल भक्तपुर भानेचोक बस्ने बर्ष ३५ को भिम ब. तामाङ ।