साइडमा बिग्री रोकी राखेको टिपरमा ठोकिंदा स्कुटी चालकको मृत्यु


साउन ८, २०८१, मङ्गलबार | विहान ११:५६ बजे | 20


साइडमा बिग्री रोकी राखेको टिपरमा ठोकिंदा स्कुटी चालकको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा काठमाडौबाट भक्तपुरतर्फ आउने सडक खण्डको बाँयातर्फ साइडमा बिग्री रोकी राखेको लुम्बिनी २ ख. १९०४ नं. को खाली टिपरको पछाडिको भागमा सोही दिशातर्फबाट आँउदै गरेको प्रदेश ३–०२–००६ प. ९०३५ नं. को स्कुटी अचानक अनियन्त्रित भई ठोक्किन जाँदा स्कुटी चालकको मृत्यु भएको छ । तेह्रथुम साप्ला वडा नं. ५ घर भई हाल भक्तपुर कौशटार साँगबारी बस्ने वर्ष २१ को नबिन पुदुङ (लिम्बु) गम्भिर घाईते भई तत्कालै उपचारको लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो । 
घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र टिपर चालक जिल्ला काभ्रे भुम्लु गाँउपालिका वडा नं. १० बस्ने वर्ष २६ को पुजन शाहलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

Comments