दिउसैं सिक्री लुटेर कृटपिट गरी फरार
कार्तिक २७, २०७७, बिहीबार | दिउँसो १२:१७ बजे | 5
भक्तपुर । भक्तपुरमा बासँ हेर्ने निहुमा आएर लक्ष्मीश्वरी बासीले लगाएको सुनको गहना लुटेर लगेको छ । लुटमा ३ जना व्यक्तिले समाबेश रहेको बासीले बताइन् ।
भक्तपुर नगरपालिका वडा नम्बर जेला स्थाई ठेगाना भएको ४३ वर्षीय लक्ष्मीश्वरी बासी सधै झै खाना खाएपछि खेतमा आलु खन्नको लागि चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथली तेलडोल भन्ने स्थानमा रहेको खेतमा यो घटना घटेको हो ।
लक्ष्मीश्वरीले विहिबार करिव साढे ११ बजेतिर ३ जना अपरिचितहरु बाँसको कति हो भनी सोध्न आएको बताइन् । उनी भन्छिन्, म कति पर्छ थाहा नभएर श्रीमानलाई फोन गरेर बाँस किन्न आएका छन् कति पर्छ भनेर सोधेको थिए ।
श्रीमानले १ थानको ७५ पर्छ भनेपछि फोन राखेको उनले सुनाएकी छिन् । त्यसपछि नीज व्यक्तिहरुले पानी खानु पर्यो भनी मागेकोे र उनले नजिकै रहेको खोलको झ्याउलीमा गए पानी ल्याएर दिएकी थिइन् ।
निजहरुले पानी खाएर बाँस झ्याँगमा बाँस हेर्न जाउँ भनेकोले श्रीमती जान नमान्दा उनलाई ३ जना केटाहरु मध्य एकजनाले धेकेलिदिएको त्यसपछि लडेकी र अर्को एकजनाले मेरो टाउँको र घाँटीमा समातेर थिचेको र मुखमा रुमाल कोचेकोले मैले बल प्रयोग गरी प्रतिकार गर्न खोज्दा मलाई लछारपछार पारी कुटपिट गरेको थियो । टाउको लगायतअनुहार जिउमा घाउ चोट पनि लागको छ । आफूले भूइमा लडाई बोल्न चल्न नदिई २ जनाले समाती एक जनाले मेरो गलामा लगाएको आधा तोलाको सुनको मंगलसुत्र १ थान र ७५ लालको सुनको झुम्का १ जोर जवजस्ती लुटी लगेको बताइन् ।
एकजना केटा मानिसको रातो चेक सर्ट लगाएको, अर्को २ जनाले खैरो र कालो टि सर्ट लगाएको र २ जनाले पछाडी झोला बोकेका थिए । १ जनाले कम्मरमा व्याग बाधेको मंगोलिएन जस्तो अनुहार देखिने करिव ३५ देखि ४५ वर्ष सम्म उमेर दखिनेलाई खोजी तलासको लागि भक्तपुर महानगरीय प्रहरी परिसरमा निवेदन दिएका छन् ।
बुधवार खेतबाट अचेत अवस्थामा रहेको लक्ष्मीश्वरीलाई भक्तपुरको जनस्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि लगेको थियो । पटकपटक घटनाको कारणले बेहोस हुने भएकोले सिटी स्केन पनि गराइसकेको कृष्णबासीले जानकारी गराए ।