एमाले अध्यक्ष ओलीले लेखे राति छुटिएर आफनै घर गएका थिए
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको निधनले ओली दु:खी र स्तब्ध भएका छन् । गुण्डुस्थित आफ्नै घरमा गएराती सकुशल सुतेका थापाको असामाजिक निधनले पूर्व प्रधानमन्त्री ओलीलाई दु:खी र स्तब्ध बनाएको हो ।
थापा धेरै नबोल्ने र लजालु स्वभावका भएका पूर्व प्रधानमन्त्री ओलीले बताएका छन् । काममा जहिले पनि तम्तयार रहने गरेको स्मरण गर्दै उनी स्तब्ध भए ।
”सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ ।” उनले सामाजिक संजाल मार्फत आफू दु:खी भएको भनेका हुन् ।
“हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।” उनले लेखेका छन् ।
थापाको निधनले पूर्व मन्त्री एवं नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेत पनि मर्माहत भएका छन् । मृतक थापा नेता बस्नेतका छिमेकी पनि हुन् । एक असल छिमेकी र राम्रो युवा गुण्डुले गुमाउनु पुगेको प्रति उनले शोक ब्यक्त गरेका छन् ।
थापाको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा पोस्टमार्टम पछि पशुपति स्थित आर्यघाट पुर्याई अन्तिम सस्कार समेत सम्पन्न गरिएको छ । सो अवसरमा पूर्व मन्त्री महेश बस्नेत, सशस्त्र प्रहरी बलका महानिरीक्षक लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
थापाको असामयिक निधनले सिङ्गो गुण्डु शोकाकुल बनेको युवा नेता दिनेश थापाले बताए । ह्दयघातका कारण उमेशको निधन भएको दिनेशले जानकारी दिए ।
राती फुट्बल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी उमेश एक्लै सुत्न गएका र बिहान ५:३० बजे परिवारले अचेत अवस्थामा उपचारका लागि भक्तपुर अस्पताल पुर्याएका पारिवारिक श्रोतले जनाएको छ । अस्पतालले करिब पौने ७ बजे उनलाई मृत घोषित गरिदिएको थियो ।
मृतक उमेशका आमा बुवा, श्रीमती र १ छोरा छन् ।
यसैवीच बागमति प्रदेश सदस्य किरण थापाले पनि हिजो उनीसँंगै बोलेर गएको तर विहान मृत्युको खवरले दुःखी बनाएको फेसबुकमा लेखेका छन् ।
थापाले फेसबुकमा लेखेका छन्, यकदम अकल्पनीय दुःखद घटना, हिजो मात्र सङै बोलेको आज यस्तो खबरले दुखी बनायको छ। सुर्यबिनायक नगर पालिका वडा न.७ निवासी प्रहरी निरीक्षक उमेश थापा ज्युको दुःखद निधनले हामी मर्माहत भयका छौ। यस दुःखद घडिमा शोक समतप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति भगवान डोलेश्वोर महादेवले प्रधान गरून्।