यस्तो भएको रहेछ एमाले अध्यक्ष केपी ओलीको सुरक्षा प्रमुखको घटना


2024-07-06 11:31:13

News Image

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट भक्तपुरका सुरक्षा प्रमुखको मृत्यु सम्वन्धमा पुनः सच्याई प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । कार्यालयले यसअघि अर्काे विज्ञप्ति निकालेको थियो । स.प्र.नि. उमेश थापाको मृत्यु सम्बन्धमा पठाइएको प्रेस रिलिज सच्चाई पठाइएको हुँदा अघि पठाइएको प्रेस रिलिजलाई पुनः अपडेट गरी समाचार सम्प्रेषण गरिदिनु हुन यँहाहरु सबैमा अनुरोध गरिन्छ भन्दै कार्यालयले नयाँं रिजिल पठाइएको हो । 
प्रेस विज्ञप्ति जस्ताको तस्तै 
मिति २०८१÷०३÷२२ गते ०७ः०० बजेको समयमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ गुण्डु स्थितमा सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक, काठमाण्डौ दरबन्दी भई हाल सम्माननीय के.पी. शर्मा ओलीज्यूको निजी निवास बालकोट स्थितमा सुरक्षा प्रमुखको रुपमा खटिएका सशस्त्र प्रहरी बलका वर्ष ४२ को सशस्त्र प्रहरी निरीक्षक उमेश थापा ऐ.मितिको २२ गते बिहान ०५ः३० बजेको समयमा अचेत अवस्थामा फेला पारी तत्कालै उपचारको लागि भक्तपुर अस्पताल ल्याएकोमा उपचारकै क्रममा ऐ. मितिको ०६ः५० बजेको समयमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेको । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाश पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाण्डौ पठाइएको । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको व्यहोरा सूचित गरिन्छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *