गुण्डु वस्ने एमाले अध्यक्ष ओलीको सुरक्षा प्रमुख मृत अवस्थामा
2024-07-06 06:23:17
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाण्डौ दरबन्दी भई हाल पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष के.पी. शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखको रुपमा खटिएका सशस्त्र प्रहरी बलका वर्ष ४२ को सशस्त्र प्रहरी निरीक्षक उमेश थापा आफ्नै घरमा मृत्यु भएको अवस्थामा भेटिएका छन् । शुक्रबार बेलुका खाना खाई सुतेको उनी शनिबार बिहान साढे ५ बजेको समयमा अचेत अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
अचेत अवस्थामा रहेका उनलाई तत्कालै उपचारको लागि ०६ः३० बजे भक्तपुर अस्पताल ल्याएको थियो । उपचारकै क्रममा विहान ०६ः५० बजेको समयमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरिएको छ । लाश पोष्टमाटर्मको लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाण्डौ पठाइएको भक्तपुर प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया