ठगी आरोपमा बालकोटबाट तीन जना पक्राउ


जेठ २९, २०८१, मङ्गलबार | विहान ०९:२४ बजे | 40


ठगी आरोपमा बालकोटबाट तीन जना पक्राउ

भक्तपुर । जेठ २१ गते विहान सवा ११ बजे अमरबहादुर तामाङले फोन गरी मसँग लाईट स्टोन छ लगानी गर्नु फाइदा हुन्छ भनी प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ तर्खाल चौर नजिकै बोलाएर रु दश लाख रुपैँया ठगी गरेको भनी पीडित पक्षले दिएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् । दोलखा तामाकोशी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौ जिल्ला नरेफाट ३२ बस्ने वर्ष ४४ को भीमबहादुर कार्कीले सोमबार प्रहरी वृत्त ठिमी भक्तपुरमा निवेदन दिएको थियो । निवेदनपछि घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यलय भक्तपुरबाट खटिइएको प्रहरी टोलिले घटनामा संलग्न उनीहरुलाई विभिन्न मालसामानसहित भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटबाट सोमबार नियन्त्रणमा लिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
पक्राउ पर्ने व्याक्तिहरु
१. जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ जिल्ला चन्द्रागिरी बस्ने वर्ष ३७ को अम्मर बहादुर तामाङ ।
२. जिल्ला नुवाकोट शिवपुरि गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ जिल्ला सितापाईला बस्ने वर्ष४२ को दिल बहादुर दमाई ।
३. जिल्ला नुवाकोट दुप्चेश्वर नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर दधिकोट बस्ने  वर्ष ३३ को सुनिल तामाङ ।
बरामद सामानहरुः 
१. मोबाईल थान १
२. किप्याड मोबाईल थान १
३. किप्याड मोबाईल थान १ 
४. मोबाईल थान १
५. एन आइ सि एसिया बैंकको चेक थान १ 
६. प्रइम बैंक लिमिटेडको चेक थान १ 
७. अम्मरबहादुर तामाङको पासवड थान १ 
८. दिलबहादुर दमाईको नागरिक्ता थान १ 

फाेटाेमा हेर्नुहाेस्...

ठगी आरोपमा बालकोटबाट तीन जना पक्राउ
ठगी आरोपमा बालकोटबाट तीन जना पक्राउ
ठगी आरोपमा बालकोटबाट तीन जना पक्राउ

Comments