भक्तपुरको भातेढिकुरबाट चार चिनियाँं नागरिक पक्राउ


जेठ २३, २०८१, बुधबार | दिउँसो ०१:११ बजे | 5


भक्तपुरको भातेढिकुरबाट चार चिनियाँं नागरिक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२  नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा बुधबार दिउँंसो साढे १२ बजे चार जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको छ । स्रोत नखुलेको रु. ६९,०५०००।– (उनन्सत्तरी लाख पाँच हजार रुपैंया) नियन्त्रणमा लिई थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु
१) देश चिन घर भई हाल काठमाण्डौ बस्ने वर्ष ३२ को ।
२) ऐ. घर भई हाल ऐ. काठमाण्डौ बस्ने वर्ष ५० को  ।
३) ऐ. घर भई हाल ऐ. काठमाण्डौ बस्ने वर्ष २४ को ।
४) ऐ. घर भइ हाल ऐ. काठमाण्डौ बस्ने वर्ष ३६ को ।

Comments