यस्तो भएको थियो कमलविनायकको दुर्घटना


जेठ २१, २०८१, सोमबार | साँझ ०४:०२ बजे | 25


यस्तो भएको थियो कमलविनायकको दुर्घटना

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप रामेछाप नगरपालिका वडा नं. ३ घर भएकी सरु खड्काको छोरा १६÷१७ महिनाको सम्राट खड्का सोमबार विहान झ्याल नजिकैको खाटमा खेल्दै गरेका थिए । त्यस क्रममा अन्दाजी ११ः०० बजेको समयमा अचानक कोठाबाट खसेर भुँईमा लडे । तर विडम्वना त्यो लडाई घरको सुरक्षाका लागि चारैतिर लगाइएको बारमाथि रहेको चुच्चो रेलिंगमा परयो । घटनापछि उनको अवस्था गम्भीर थियो । किनकि उनलाई त्यो फलामको चुचोले घोचेको थियो । त्यसपछि गम्भिर घाइते भई तत्कालै उपचारको लागी मध्यपुर अस्पताल लगियो । दुःखको कुरा उपचारकै क्रममा दिउँंसो १ बजेको समयमा उनको मृत्यु भयो । जिल्ला प्रहरी पसिर भक्तपुरले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Comments