कमलविनायकमा १६÷१७ महिनाको बालक खाटबाट खसेर मृत्यु
जेठ २१, २०८१, सोमबार | विहान ०९:२८ बजे | 65
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा डेरा गरी बस्ने रामेछाप रामेछाप नगरपालिका वडा नं. ३ घर भएकी सरु खड्काको छोरा १६÷१७ महिनाको सम्राट खड्का झ्याल नजिकैको खाटमा खेल्ने क्रममा सोमबार अन्दाजी ११ः०० बजेको समयमा अचानक भुँईमा लडेर मृत्यु भएको छ । खसेपछि गम्भिर घाईते भई तत्कालै उपचारको लागी मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँंसो १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी पसिर भक्तपुरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।