बैदेशिक रोजगारी संबन्धी कसुरका फरार अभियुक्त पक्राउ


कार्तिक १९, २०७७, बुधबार | दिउँसो १२:१३ बजे | 5


भक्तपुर । जिल्ला ईलाम साबिक पशुपति नगर गाबिस वडा नं. ६, हाल सुयोदय न.पा. वडा नं. ३ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०३ कौशलटार बस्ने बैदेशिक रोजगार संबन्धी कसुर मुद्दाका फरार अभियुक्त लाल बहादुर सापकोटको छोरा बर्ष २९ को राजा भन्ने सुवास सापकोटालाई पक्राउ गरी उपस्थित गराई दिने व्यहोराको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक  रोजगार बिभाग (उजुरी तथा अनुसन्धान शाखा) को चलानी नं.३०४७ मिति २०७६।०३।१६ गतेको पत्र यस कार्यालयमा प्राप्त भए अनुसार खोजतलासको क्रममा निज राजा भन्ने सुवास सापकोटालाई मिति २०७७।०७।१८ गते अ.१७ः०० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०५ स्थित
कमेरोटारबाट पक्राउ गरी यस महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा ल्याई
सम्बन्धित बिभागमा पठाउने कार्य भई रहेको । साथै निजले बिदेश पठाउने नाममा बिभिन्न ब्यक्तिहरूबाट रु ६०,०००।( देखि रु ६,५००००।( सम्म ८ जना भन्दा धेरै ब्यक्तीहरूबाट रु २० लाख भन्दा बढि रकम बिदेश पठाउने नाममा ठगी गरेको प्रारम्भिकरूपमा खुलेको छ ।  

Comments