भक्तपुरको मिलनचोकमा दुर्घटना ः एकजनाको मृत्यु


बैशाख २५, २०८१, मङ्गलबार | दिउँसो ०२:०७ बजे | 40


भक्तपुरको मिलनचोकमा दुर्घटना ः एकजनाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आँउदै गरेको ना. ५ ख. २३६१ नं. को बोलेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा मंगलबार एकजनाको मृत्यु भएको छ । गोरखा पालुनटार नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ नलिन्चोक बस्ने बर्ष ३८ को कमल बयलकोटीको मृत्यु भएको हो । ठक्करपछि गम्भिर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल भक्तपुर लगेकोमा थप उपचारको लागि सुमेरु अस्पताल ललितपुर रिफर भएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ । ठक्कर दिने बोलेरो गाडी र सवारी चालक सर्लाही लालबन्दी नगरपालिका वडा नं. १६ बस्ने बर्ष २३ को सागर माझी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

Comments