चाँंगु ४ मा इनार खन्ने क्रममा दुईजनाको मृत्यु (तस्वीरहरुसहित)
बैशाख १९, २०८१, बुधबार | विहान ११:३१ बजे | 35
चाँंगुनारायण । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ खनालचोकमा रहेको सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा बुधबार दुईजनाको मृत्यु भएको छ । सो स्थानमा जग्गा भाडामा लिई वस्ने रामेछाप उमाकुण्ड गाँउपालिका वडा नं. ४ प्रिति घर भई हाल सोही सेतोमाइक्रो पार्क नजिकै २ वर्षदेखि टहरो बनाई बस्दै आएको वर्ष २८ को सन्देश सुनुवार र निजको काका सोही स्थान बस्ने वर्ष ४६ को दिपक सुनुवारको मृत्यु भएको हो । आफु बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्की अचेत अवस्थामा छ भन्ने खबर आएको प्रहरीले जनाएको छ । खवर प्राप्त हुनसाथ तत्कालै बिपद् ब्यवस्थापन महाशाखा काठमाडौबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र RNA 16 को टोली खटिई निजहरुलाई उद्दार गरी उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।
फाेटाेमा हेर्नुहाेस्...