आफैंले दिएको ठक्करबाट सृजनानगरमा स्कुटर चालक २३ वर्षीय युवाको मृत्यु


बैशाख १८, २०८१, मङ्गलबार | विहान ०५:३४ बजे | 0


आफैंले दिएको ठक्करबाट सृजनानगरमा स्कुटर चालक २३ वर्षीय युवाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सृजनानगरमा जगातीबाट काठमाडौतर्फ जाँदै गरेको वाग्मती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारलाई सोही दिशाबाट जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटीले ठक्कर दिँदा स्कुटी पछाडि सवार गर्ने र स्कुटी चालक दुवै गम्भिर घाइते भएकोमा स्कुटी चालकको मृत्यु भएको छ । तत्कालै उपचारको लागी मध्यपुरठिमी अस्पताल लगिएकोमा स्कुटी चालक  रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाण्डौ माईतिघर नजिकै बस्ने वर्ष २३ को सुजन तामाङ उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । स्कुटी पछाडी सवार गर्ने सोही ठाउँं घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को राज तामाङ मध्यपुरठिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भि अनुसन्धान कार्य गरिएको परिसरका सूचना अधिकारी राजन कार्कीले जनाए । सवारी कार चालक सुनसरी धरान उप–महानगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौ कंलकी बस्ने वर्ष ३१ को आशिष श्रेष्ठलाई प्रहरी वृत जगाती भक्तपुको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
  

Comments