आफनै घरको छतबाट खसेर एकजना युवाको मृत्यु


बैशाख १४, २०८१, शुक्रबार | विहान ०५:०८ बजे | 75


आफनै घरको छतबाट खसेर एकजना युवाको मृत्यु

सूर्यविनायक । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ४ हर्षचोक बस्ने वर्ष ३९ को सुबर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट अचानक भुँईमा खस्न जादाँ  घाइते भई मृत्यु भएको छ । उपचारको लागि निजको छोराले मध्यपुर ठिमी अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनास्थमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । 

Comments