लोकन्थलीमा डलर देखाई ठगी गर्ने दुईजना पक्राउ


बैशाख १३, २०८१, बिहीबार | दिउँसो ०१:३६ बजे | 5


लोकन्थलीमा डलर देखाई ठगी गर्ने दुईजना पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा डलर देखाई रु. ३,५०,०००।– (तीन लाख पचास हजार) ठगी गरी भागेकालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको सम्बन्धमा उक्त घटनाका पीडित ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३२ की हिरुमाया मगरले वैशाख ३ गते प्रहरी वृत्त ठिमी भक्तपुरमा मलाई डलर साट्ने बाहानामा सुमन शेर्पा र लाक्पा शेर्पाले लोकन्थलीमा बोलाई डलर देखाई रु. ३,५०,०००।– (तीन लाख पचास हजार) ठगी गरी भागेको भनी निवेदनको सम्बन्धमा अनुसन्धान गरी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखाबाट खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०२–०४८ प. ४५२५ नं. को थान – १ मोटरसाइकल सहित उक्त घटनामा संलग्न उनीहरुलाई विहीबार पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बङ्गलामुखी मन्दिरबाट नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमी भक्तपुर मार्फत थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेहरु 
१. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बस्ने वर्ष २९ को  सरोज तामाङ । 
२. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बस्ने वर्ष ३६ को राज कुमार तामाङ । 
(नोटः)
प्रतिवादी सरोज तामाङको सम्बन्धमा, 
१. मिति २०७३÷०५÷१२ गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट मुद्दा नं. ६८ मा अभद्र व्यबहार मुद्दा चलेको । 
२. मिति २०७८÷०४÷१२ गते प्रहरी वृत्त बानेश्वरबाट मुद्दा नं. १८ मा ठगी मुद्दा चलेको । 
३. मिति २०७९÷१२÷२३ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. ६८ मा ठगी मुद्दा चलेको । 
४. मिति २०७९÷१२÷१६ गते प्रहरी वृत्त सातदोबाटोबाट मुद्दा नं. २५१ मा ठगी मुद्दा चलेको । 
५. मिति २०८०÷०१÷१५ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. ३२७ मा ठगी मुद्दा चलेको । 
प्रतिवादी राज कुमार तामाङको सम्बन्धमा, 
१. मिति २०७५÷०१÷०९ गते प्रहरी वृत्त ठिमीबाट मुद्दा नं. १६६ मा सार्वजनिक अपराधमा मुद्दा चलेको । 
२. मिति २०७७÷०६÷११ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट मुद्दा नं. २५ मा ठगी मुद्दा चलेको ।
३. मिति २०७७÷०६÷१३ गते प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा नं. ९९ मा ठगी मुद्दा चलेको ।

Comments