तर्खालको आगलागीमा १८ लाख वढीको धनमाल नष्ट
बैशाख १३, २०८१, बिहीबार | विहान ०५:३६ बजे | 25
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ दधिकोट तर्खालमा बस्ने ईश्वर न्यौपानेले ८ आना जग्गामा जस्ताको १ तल्ले टहरा बनाई संचालन गरेको गाई फर्ममा अचानक बिजुलीको तार सर्ट भई आगलागी हुँंदा १८ लाख भन्दा वढीको धनमाल नष्ट भएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट प्र.ना.नि. को कमाण्डमा ४ जनाको प्रहरी टोली खटीई गई दमकल र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगलागीबाट निम्न धनमालको क्षति भएको जनाइएको छ ।
निम्नः
१. होलीस्टे जातको गाई २ वटा अन्दाजी मुल्य रु. ३,००,०००।– (तिन लाख)
२. जर्सी गाई ६ वटा अं.मु.रु. ८,४०,०००।– (आठ लाख चालिस हजार)
३. कोरेली गाई २ वटा १,४०,०००।– (एक लाख चालिस हजार)
४. टहरा क्षेती अ.मु.रु ७,००,०००।– (सात लाख)
५. भाडा कुडा अं.मु.रु. १०,०००।– (दस हजार)
जम्मा १८,९०,०००।–(अठ्ठार लाख नब्बे हजार) बराबरको क्षति ।
घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।