भैलखले नासमनामा एम्वुलेन्सलाई जाम पारेपछि ....
बैशाख ९, २०८१, आइतबार | दिउँसो ०२:३८ बजे | 5
भक्तपुर । भक्तपुरको विस्का जात्रा वैशाख ५ गते नै सम्पन्न भइसकेको छ । तर जात्रामा तानिने भैलख भने अहिले पनि नासमनामै रहेको छ ।
मुख्य बाटोमै रहेको भैलखले सर्वसाधारणलाई मात्रै होइन, सवरीसाधन आवतजावतमा त ठप्पै पारेको छ । यही दुखद् घटना आइतबार साँंझ त्यहाँं देखियो ।
मुख्य बाटो भएर आएको ५४२४ नम्वरको एम्वुलेन्स साँंझ साढे ६ बजे जाम भएको थियो । स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँं झण्डै १५ मिनेट एम्वुलेन्स जाम भएको थियो । त्यसपछि स्थानीय युवाहरुले भैलखको हप बेगू (अगाडिको पार्ट)लाई उठाएर बल्लबल्ल एम्वुलेन्सलाई पार लगाउन सफल भएको थियो । ््््
यो दृश्य देखेका स्थानीयले जात्रा सकेको यत्रो दिन भइसक्दा पनि यस्तो दुर्दशा हुने गरी किन भैलख नहटाएको होला भनी आक्रोश पोखेका थिए । हामी पनि कामना गरौं, यस्तो दुर्दशा फेरि फेरि नहोस् । भैलख छिटो भन्दा छिटो त्यहाँंबाट हटाइयोस् । यस विषयमा सरोकारवालाको ध्यान खिचोस् ।