कमलविनायक आउँंदै गरेको मोटरसाइकल दुर्घटना ः पछाडि वस्नेको मृत्यु


बैशाख ८, २०८१, शनिबार | दिउँसो ०२:०५ बजे | 45


कमलविनायक आउँंदै गरेको मोटरसाइकल दुर्घटना ः पछाडि वस्नेको मृत्यु

भक्तपुर । शनिबार दिउँंसो १३ः४० बजेको समयमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलबिनायकतर्फ आँउदै गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सवारी दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार जिल्ला ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ खरिपाटी बस्ने वर्ष ४० को रामराज राईको मृत्यु भएको हो । दुर्घटनापछि गम्भिर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाईकल र चालक उदयपुर गाईघाट घर भई हाल खरिपाटी बस्ने बर्ष २४ को अबिनकुमार सार्कीलाई परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 

Comments